बैङ्कमा छिरेका चोर समात्ने सुरक्षागार्ड पुरस्कृत

बैङ्कमा छिरेका चोर समात्ने सुरक्षागार्ड पुरस्कृत

बाराको कलैयामा बैंकबाट रकम चोर्न छिरेका व्यक्तिलाई नियन्‍त्रणमा लिने बैंकका सुरक्षा गार्ड पुरस्कृत भएका छन् ।

कलैया उपमहानगरपालि ४ मा रहेको एनसीसी बैंकको शाखामा रकम चोर्ने मनसायले प्रवेश गरेका १७ वर्षीय युवकलाई नियन्त्रणमा लिने सुरक्षा गार्ड साहेवप्रसाद यादवलाई जिल्ला प्रहरी प्रमुख एसपी सानुराम भट्टराईले ५ हजार रुपैयाँ पुरस्कार दिएका हुन् ।

ती युवक छतबाट कम्पाउण्डमा छिरी मूल ढोकाको ताल्चा काटी भित्र प्रवेश गरी सीसीटीभी र बिजुली लाइन काटेर चोरी गर्न लागेको अवस्थामा सुरक्षागार्ड यादवले तत्काल नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए ।

यादवले चोरी गर्न छिरेका युवकलाई पक्राउ गरी प्रशंसनीय काम गरेको र अपराध नियन्त्रण कार्यमा सहयोग गरेकाले पुरस्कृत गरिएको प्रहरीले जनाएको छ । यादव पूर्वहवल्दार हुन् । पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment