दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ
झापा-दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका-१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई चिरपट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्