चुनावमा चन्दा लिएकाले सिमेन्टको मूल्य बढ्दा बोल्न सकेनौं : मन्त्री यादव

चुनावमा-चन्दा-लिएकाले-सिमेन्टको-मूल्य-बढ्दा-बोल्न-सकेनौं-मन्त्री-यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले चुनावमा उद्योगीले चन्दा दिएका कारण छड र सिमेन्टको मूल्य बढाउँदा आफूहरु बोल्न नसकेको स्वीकार गरेका छन् ।

शुक्रबार नेपाल सिमेन्ट उद्योग संघले गरेको कार्यक्रममा मन्त्री यादवले चुनावमा चन्दा दिएर उद्योगीले छड र सिमेन्टको मूल्य बढाएको बताए ।

‘चुनावको बेला थियो चन्दा लियौं तर पछि झ्याप्पै मूल्य बढाइदिनुभयो, हामी बोल्नै सकेनौं’ उनले भने,’ व्यवसायीले चन्दा दिए भनेको त पछि थाहा भयो जनताबाटै डाँढेर दिने रहेछन् । अबदेखि चन्दा सामाजिक उत्तरदायित्वको कोषबाट दिनुस् ।’

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment