कृष्णभिरमा बस र माइक्रो ठोक्किँदा २ को मृत्यु ,३२ घाइते

कृष्णभिरमा बस र माइक्रो ठोक्किँदा २ को मृत्यु ,३२ घाइते

धादिङ — पृथ्वीराजमार्ग स्थित बेनिघाट रोराङ–७ कृष्णभीरमा बस र दुई वटा माइक्रो बस एकआपसमा ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौँ आउँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए ।

मृत्यु हुनेमा धादिङ साबिक महादेवस्थान ८ का २७ वर्षीय श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षकी एक युवती रहेकी छन् । दुवै जनको शव गजुरी अस्पतालमा रहेको छ । उक्त दुर्घटनामा तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् ।
घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । ७ जनाको गजुरी अस्पतालमा २ जनाको चरौंदीमा उपचार भइरहेको छ भने ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।
प्रहरीले बा ३ ख १००४ नम्बरको बसका चालक नवलपरासी मध्यबिन्दु नगरपालिका ७ का २७ वर्षीय रविन खड्कालाई जोगिमारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment