पुरुष बास्केटलबल खेलाडी गर्भवती भएको रिपोर्ट सार्वजनिक भएपछि खेल्न प्रतिबन्ध

पुरुष बास्केटलबल खेलाडी गर्भवती भएको रिपोर्ट सार्वजनिक भएपछि खेल्न प्रतिबन्ध

अमेरिकी बास्केटबल खेलाडी डोनेल ‘डी।जे’ कुपरको पिसाबको परीक्षणमा गर्भवती भएको रिपोर्ट आएपछि उनलाई दुई वर्षका लागि प्रतिबन्ध गरिएको छ ।

अन्तिम पटक युरोपको एएस मोनाकोका लागि खेलेका २८ वर्षे उनलाई इन्टरनेशनल बास्केटबल फेडेरेशन ९एफआइबीए० ले प्रतिबन्ध गरेको छ । उनको पिसाबको परीक्षण गरेको रिपोर्टमा ह्युमन कोरियोनिक गोन्याडोट्रोपिन ९एचसीजी० को अत्यधिक मात्रा पाइएको थियो । एचसीजी एउटा यस्तो हर्मोन हो जुन पाठेघरले गर्भावस्थाका बेला निष्कासन गर्छ ।

यस्तो अचम्मको घटनाको प्रशंसा गर्नुको साटो एफआईबीएले उनले आफ्नो भनेर गर्भवती छु भनेर थाहा नभएकी महिलाको पिसाब दिएको अनुमान गरेको छ । त्यसकारण उनीहरुले उनलाई दुई वर्षका लागि प्रतिबन्ध लगाएका छन् ।

डिजेले गत वर्षको सेप्टेम्बरमा आफूले एएस मोनाकोसँगको सहकार्य समाप्त गरेको घोषणा गरेका थिए । युरोपियन बास्केटबल क्लबमा त्यतिबेला अत्यधिक चर्चित भएपनि उनले पारिवारिक कारणले क्लब छोड्नुपरेको बताएका थिए ।

स्लोभेनियाको मिडियाले कुपरले आफ्नी प्रेमिकाको पिसाब दिएको दाबी गरेको छ । त्यतिबेला यी दुईलाई उनी गर्भवती भएको थाहा नभएको बताइन्छ । एफआईबीएले यसबारे प्रतिक्रिया दिन अस्विकार गरेको छ । यद्यपि, कुपरले सन् २०२० को जुन २४ पछि मात्र खेल्न अनुमती पाएको पुष्टि भएको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment