तीन प्रदेशमा कांग्रेसले कार्यकर्ता प्रशिक्षण गर्ने

तीन प्रदेशमा कांग्रेसले कार्यकर्ता प्रशिक्षण गर्ने

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसले साउन ३१ देखि भदौ ६ गतेसम्म तीनवटा प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

गण्डकी अञ्चलका लागि साउन ३१ र ३२ गते पोखरामा, प्रदेश ५ का लागि भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा र कर्णालीका लागि भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले बताए ।

नेपाली कांग्रेसको सांगठनिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक प्रस्ताव, दृष्टिकोण, नेपाल कम्युनिष्ट पार्टीको सरकारको मूल्यांकन तथा जनतासंग सम्पर्क र संवाद जस्ता विषयमा प्रशिक्षण गर्ने प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रशिक्षण कार्यक्रम कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु पनि सहभागी हुनेछन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment