रोकिराखेको ट्रकमा अर्को ट्रक ठोक्किँदा निम्तियो भयाभह, चार यात्रु घाइते नवलपरासी पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६ नंको ट्रकले राजमार्ग छेउमा बिग्री रोकिराखेको ना ७ ख २०८० नंको ट्रकमा ठोक्किँदा ना ५ ख ५९४६ नंको ट्रकमा सवार यात्रु घाइते भएका हुन् ।
घाइतेको अहिले स्थानीय नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले जनाएको छ ।

थाइल्याण्डको गुफामा फसेका सबै १३ जनाको सकुशल उद्दार
सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्