बेल्जियमलाई १-० ले स्तब्ध बनाउदै फ्रान्स फाइनलमा बेल्जियम बाहिरियो

बेल्जियमलाई १-० ले स्तब्ध बनाउदै फ्रान्स फाइनलमा, बेल्जियम बाहिरियो

बेल्जियमलाई १-० ले स्तब्ध बनाउदै फ्रान्स फाइनलमा बेल्जियम बाहिरियो वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । सन् १९९८ मा ब्राजिललाई ३-० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स, त्यसयता पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो।

खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने गोल गर्न सकेन ।

दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर खेर फालेको थियो । एकपछि अर्को प्रहार गरेको बेल्जियम गोल गर्न भने असफल भयो ।

बलमाथि वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्द खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो ।

अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

 

आमाबाबु दुबै काे मृत्यु, १२ वर्षीय बालक किरियामा

सडकको जग्गा खरीद बिक्री गर्ने कर्मचारीसहित छ जना जेल चलान

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment