फोनभन्दा बढीको अपेक्षा पूरा गर्ने नोट १० र १० प्लस (भिडियोसहित)

फोनभन्दा बढीको अपेक्षा पूरा गर्ने नोट १० र १० प्लस (भिडियोसहित)

फोनबाट फोनभन्दा बढी अपेक्षा पूरा गर्ने फोनको रुपमा बजारमा आएको छ, नोट । सामसङको ग्यालेक्सीले भर्खरै नयाँ मोडल सार्वजनिक गरेर नोटलाई अर्को स्तरमा पुर्याएको छ ।

दक्षिण कोरियाली स्मार्टफोन निर्माता सामसङले सार्वजनिक गरेका नोट १० र नोट १० प्लस को विशेषता आश्चर्य तुल्याउने छन् । वा भनौं, स्मार्टफोन प्रयोगकर्ताका लागि नोटले नयाँ परिवर्तन ल्याएको छ ।

कसरी ?

एस पेनले ह्यान्डराइटिङलाई टेक्स्टमा बदल्छ । यसमा ब्लुटुथ प्रयोग गरी रिमोट कन्ट्रोल झैं बनाउन सकिन्छ ।

मल्टि क्यामेरा प्रणालीले मुभि प्रविधिलाई मोबाइलमा ल्याएको मात्र छैन, प्रयोग सरल पनि बनाएको छ । पहिलोपटक मोबाइल फोनमा लाइभ फोटोले भिडियोमा विशेष इफेक्ट ल्याउँछ । डेप्थ भिजन क्यामेराले ब्याकग्राउन्ड ब्लरमात्र बनाउँदैन, भिडियोलाई फोटोझैं गुणस्तरीय पनि बनाउँछ । उच्च गतिको भिडियोलाई पनि निकै सुक्ष्म तरिकाले क्याप्चर गर्दछ । सुप स्टडि प्रविधिले भिडियो निकै स्टाबलाइज गराउँछ ।

एसपेन र भिडियो इडिटर प्रयोग गरी आवश्यकता अनुसार भिडिया बनाउन पनि सकिन्छ । नोट १० ले मेमोरिलाई नयाँ स्तरमा पुर्याएको दाबी गरिएको छ । यसको स्टोरेज क्षमता बढाएर १ टीबी बनाउन सकिन्छ, एउटा ल्यापटपको स्टोरेज क्षमता बराबर ।

फोनमा शक्तिशाली ७ नानोमिटर प्रोसेसर प्रयोग गरिएको छ भने १२ जीबीसम्मको र्याम उपलब्ध छ । यो क्षमतामा हाइपरफास्ट ५जी चिप जडित छ । त्यसैले तपाईं फाइल डाउनलोड गर्न सक्नुहुन्छ, गेम खेल्न सक्नुहुन्छ र अविश्वनीय गतिमा कन्टेन्टहरु स्ट्रिम गर्न सक्नुहुन्छ ।

कटिङ एज ब्याट्रि इन्टिलिजेन्सले ४३०० एमएएच ब्याट्रि उपलब्ध गराउँछ । यो क्षमता एकदिनका लागि जस्तोसुकै गतिविधिका लागि पर्याप्त बन्दछ । आवश्यक परे फस्ट चार्जिङ प्रयोग गरेर ३० मिनेटमै चार्ज पनि गर्न सकिन्छ ।

नोट भएपछि कम्प्युटर बोक्ने झन्झट पनि अन्त्य हुनेछ । किनकी सामान्य युएसबी केबलको प्रयोग गरेर पीसीमा कनेक्ट गर्न सकिने यो फोनमा डेक्सटप अनुभव लिन सकिन्छ ।

यही समयमा नोट १० ले प्रयोगकर्ताको उच्च सुरक्षाको प्रत्याभूति गराएको छ । भर्खरै सिर्जना भएका फाइल डेक्स्टपमा सिन्क गराउन सकिन्छ । यसका लागि सामसङले माइक्रोसफ्टसँग साझेदारी गरेको छ । अब फोन र कम्प्युटर एकअर्कासँग जोड्न सम्भव भएको छ । फोनमा भएको गतिविधि कम्प्युटरको स्क्रिनमै हेर्न सकिन्छ ।

फोनमा प्रयोग गरिएको भेक्स्पि एआईले एकै कमान्डमा विभिन्न काम आफैं गर्दछ । नोटमा प्रयोग गरिएको डाइनामिक एमोलेड डिस्प्लेले खतराजनक ब्लु किरण ४० प्रतिशत कम गराउँछ, यसले आँखालाई क्षति गराउँदैन भने थकित पनि बनाउँदैन ।

सामसङले नोट १०को रुपमा एउटा स्मार्टफोनमात्र नभएर अर्को स्तरको क्षमता सिर्जना गराएको दाबी गरेको छ । सामसङले नोट १० र र १० प्लस गरी दुई भेरियन्टका स्मार्टफोन ल्याएको हो ।

नोट १० र १० प्लसका केही फिचर
डिस्प्लेः ६.३ इन्च, ६.८ इन्च
स्टोरेजः २५६ जीबी, ५१२ जीबी (१ टीबीसम्म)
ब्याट्रिः ३५०० एमएएच, ४३०० एमएएच
र्यामः ८ जीबी, १२ जीबी

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment