गर्भमा छाेरा छ कि छाेरी ? बिना एक्सरे र बिना डाक्टर नै थाहा पाउन सकिन्छ

गर्भमा छाेरा छ कि छाेरी ? बिना एक्सरे र बिना डाक्टर नै थाहा पाउन सकिन्छ

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले गरेको अध्ययनले तपाईंको गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा पत्ता लगाउन सकिने देखाएको छ । यसको लागि भिडियो एक्सरे वा डाक्टरको सहयोग आवश्यक पर्दैन ।

 

अध्ययनका अनुसार गर्भ छोरा छ कि छोरी भन्ने कुरा सुँघेर नै थाहा पाउन सकिन्छ । उक्त अनुसन्धानका अनुसार यदि गर्भवती महिलाको पेटमा छोरा छ भने उनको शरीरबाट एउटा भिन्न प्रकारको गन्ध आउने गर्दछ भने छोरी भएको अवस्थामा अर्कै प्रकारको गन्ध आउँछ ।

यो गन्धको आधारमा गर्भवती महिलाले छोरालाई जन्म दिँदैछिन् वा छोरी भन्ने थाहा हुन्छ ।
लीमर प्रजातिको बाँदरमा पहिलो परीक्षण

युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीका वैज्ञानिकहरूले जेरेमी क्राउफोर्ड तथा क्रिस्टाइन डेराले यो कुराको परीक्षण लीमर प्रजातिको बाँदरमा गरेका छन् ।

यी दुवै वैज्ञानिकहरुले यो शोध रोयल सोसाइटी जर्नल बायोलोजी लेटर्समा छापेका छन् । डेली मेल स्रोतमा उल्लेख गरिएको छ ।

गर्भावस्थाका बेलामा महिलाको हर्मोनमा थुप्रै प्रकारको परिवर्तन हुने वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् । यदि गर्भमा छोरा छन् भने यसको परिवर्तनमा अझ बढी मात्रामा हुने गर्दछ ।
छोरा छ भने तेज गन्ध

गर्भवती लीमरको पेटमा छोरा भएको बेलामा अर्कै प्रकारको निकै तेज गन्ध निस्किएको र छोरी हुँदा हल्का गन्ध आएको अनुसन्धानको क्रममा पत्ता लागेको छ ।
मानिसहरूमा पनि यस्तै सम्भव

लीमर प्रजातिको बाँदरमाथि गरिएको यो सफल परीक्षणका अनुसन्धानकर्ताद्वयले मानिसहरुमा पनि यस्तै सम्भव हुने बताएका छन् ।

यद्यपी गर्भवती महिलाको शरिरबाट निस्किएको गन्धको आधारमा छोरा छोरी पहिचान गर्नको लागि अहिलेसम्म कुनै पनि अनुसन्धान गरिएको छैन ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment