यी कर्मचारी, जो हरेक दिन उडेरै अफिस पुग्दछन्

यी कर्मचारी, जो हरेक दिन उडेरै अफिस पुग्दछन्

कहिलेकाहीँ ट्राफिक जाममा फसेर समयमा अफिस पुग्न नपाएको बेला उडेर अफिस जान पाएपनि हुन्थ्यो भन्ने कल्पना मनमा आउँछ ।

यहीँ कल्पनालाई बेलायतका एकजना व्यक्तिले चाहिँ यथार्थमा बदलिदिएका छन् । इंगल्याण्डका प्यारामोटर ग्लाइडर टम प्राइडो ब्रुन हरेक दिन उडेरै घर-अफिस आउजाउ गर्दछन् ।

टमले आफ्नो पिठ्यूँमा एउटा ठूलो जालिदार घेरा तथा प्यारामोटर ग्लाइडरको पेटी बाँधेका हुन्छन् । काँधको माथिबाट डोरी खिचेर पछाडि बाँधिएको मोटर चलाउँदछन् । मोटर चलेसँगै पिठ्यूँमा बाँधिएको ठूलो पंखा घुम्न थाल्दछ । त्यसपछि उनी मैदानमा दौडन्छन् । १०-१२ पाइला दौडिसकेपछि उनले दुवै खुट्टा हावामा उठाउँदछन् । त्यसपछि उनको प्यारामोटर ग्लाइडरले काम गर्न सुरु गर्दछ र उनको शरीर हावामा उड्दछ । अनि उनी उडेरै अफिससम्म पुग्दछन् । अफिसबाट फर्किने बेलामा पनि उनले त्यसै गर्दछन् र उडेर घर फर्किन्छन् ।

उनको कार्यालय दक्षिण पश्चिमी इंगल्याण्डको विल्टशायरमा छ । मौसम सफा भएको दिन उनी सधैं उडेरै कार्यालयमा पुग्दछन् । त्यसैले हरेक दिन बिहानको आफ्नो पहिलो काम भनेकै झ्याल खोलेर मौसम सफा छ कि छैन भनेर हेर्नु रहेको उनी बताउँछन् ।

यद्यपि उनी सहरमा बाइक वा पैदलै यात्रा गर्न रुचाउँछन् । तर उड्नु उनका लागि धेरै रोमाञ्चकारी तथा प्रेरणादायी लाग्दछ ।
घरबाट अफिस पुग्नका लागि शेरबोर्नदेखि डोर्सेटसम्म आकाशमा ३० किलोमिटर दूरी पार गर्नु पर्दछ ।

चार पाँच लिटर जति इन्धन खपत गर्ने इन्जिनबाट पंखा चल्छ । जसबाट उनी प्रतिघण्टा झण्डै ५० किलोमिटरको गतिमा उड्दछन् । ग्रामीण इलाका तथा खेतहरुको माथि आकाशमा उडिरहँदा निकै आनन्द महसुस हुने उनको भनाइ छ । उडान भर्नु भनेको विल्कुल फरक दृष्टिकोणबाट संसारलाई हेर्नु रहेको भन्दै उनले माथिबाट तल जमिनमा स्कूल तथा खेतहरु हेर्दै दिनको सुरुवात गर्नु सानदार तरिका रहेको बताउँछन् ।

प्याराजेट इन्टरनेसनल कम्पनीमा सेल्स एण्ड मार्केटिङ डाइरेक्टरको काम गर्दछन् उनी । उनको कम्पनीले उनी उड्नेे जस्तै उपकरणहरु बनाएर बेच्ने गर्दछ । घर र कार्यालय आवतजावत उडेरै गर्ने उनीमात्र एक्लो व्यक्ति होइनन् । उक्त कर्मचारीका एक दर्जनभन्दा धेरै कर्मचारीहरु प्यारामोटर प्रयोग गरी उडेर अफिस-घर आउजाउ गर्दछन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment