हङकङले चिनलाइ दियो यस्तो घम्कि ।

प्रत्यर्पण सन्धीको विरोध गर्दै हङकङमा भईरहेको प्रदर्शनले उग्र रुप लिएको छ ।

हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले पछिल्लोपटक विमानस्थल नै घेराबन्दी गरेका छन् । जसका कारण पछिल्लो दुई दिनदेखि हङकङको नागरिक उड्ययन क्षेत्रमा चर्को असर परेको छ ।

यो प्रदर्शनका कारण चीन सरकार समेत समस्यामा परेको छ । बेइजिङले हङकङ सरकारलाई प्रदर्शनकारीहरुमाथि शख्त कारबाही गर्न निर्देशन दिएको छ ।

संसारकै सबैभन्दा ठूलोमध्येको एक शहर हङकङमा लोकतन्त्र समर्थकहरुले गरेको प्रदर्शनले यतिखेर विश्वकै ध्यान तानेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन चीनले मुख्य शहर र सिमामा सेनाको बख्तरबन्द गाडी तैनाथ गरेको छ भने हजारौंको संख्यामा सेना परिचालन गरेको छ ।

हङकङमा प्रदर्शन चर्किएपछि अमेरिकालगायत कैयौं देशले ट्राभल एड्भाइजरी जारी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि हङकङको सिमा क्षेत्रमा सेनाको तैनाथी गरेको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरुले संसारकै व्यस्त विमानस्थलमा यात्रुहरुलाई प्रवेश गर्न दिएका छैनन । हङकङ विमानस्थलबाट दैनिक २ लाख यात्रीहरु आवागमन गर्ने गर्छन् । प्रदर्शनका कारण अहिलेसम्म ३०० भन्दा बढी उडान रद्द भईसकेको छ ।

चीनले यो प्रदर्शनलाई गुण्डाराजको संज्ञा दिँदै आतंकवाद उन्मुख भएको जनाएको छ । साथै, हङकङको सरकारलाई तुरुन्त यो प्रदर्शन अन्त्य गर्न निर्देशन दिएको छ । शैन्यबल प्रयोग गर्ने चेतावनी दिँदै बेइजिङले हङकङको बाहिरी क्षेत्रमा बख्तरबन्द गाडी समेत तैनाथ गरिदिएको छ ।

किन भईरहेको छ प्रदर्शन ?

हङकङमा पछिल्लो १० हप्तादेखि लोकतन्त्र समर्थकहरुले आन्दोलन गरिरहेका छन् । चीनको दक्षिणी भागमा पर्ने हङकङमा ल्याईएको प्रत्यर्पण विधेयकको विरोध गर्दै यो प्रदर्शन शुरु भएको थियो ।

यो विधेयकमा चीनमा अपराध गरी हङकङ आएको मानिसलाई सोधपुछका लागि चीन नै फिर्ता लैजाने व्यवस्था गरिएको छ । बेलायतले सन् १९९७ मा हङकङको क्षेत्र चीनलाई दिएको थियो

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment