विमानमा चरा ठोक्किएपछि मकैबारीमा आकस्मिक अवतरण, २३ जना घाइते

विमानमा चरा ठोक्किएपछि मकैबारीमा आकस्मिक अवतरण, २३ जना घाइते

रुसी यात्रुवाहक विमान चरासँग ठोक्किएपछि राजधानी मस्को नजिकैको मकैबारीमा आपतकालिन अवतरण गरेको छ । उक्त विमानमा सवार २३ जना घाइते भएका छन् । विमान अवतरण भइरहेको देखेका एक स्वास्थ्य अधिकारीका अनुसार विमान अवतरण गर्नेक्रममा इन्जिन बन्द भएको थियो ।

क्रिमियाको सिम्फेरोपुलका लागि उडेको युराल एयरलाइन्सको एयरबस ३२१ विमान उडिरहेको गुल्सको बथानमा ठोक्किएपछि इन्जिनमा क्षति भएको थियो । उडेको केही समयमै उक्त दुर्घटना भएको हो ।

रुसी मिडियाहरुले इन्जिन बन्द हुँदा पनि अवतरण हुनु मिराकल भएको बताएका छन् । युराल एयरलाइन्सले विमान पूर्णरुपमा क्षति भएको र आगामी दिनमा उडान भर्न नसक्ने जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

चालक दलका सदस्यसहित २३३ जना सवार विमानमा एक्कासी चरा ठोक्किएपछि चालक दलका सदस्यले आकस्मिक अवतरणको निर्णय लिएका थिए । एक नाम नखुलेका विमानमा सवार यात्रुले भने, ूविमान उडेको केही समयमै एकाएक हल्लिएको थियो । करिब पाँच सेकेन्डपछि दायाँपट्टी रातो बत्ती बलेको र केही जलेको जस्तो गन्ध आएको थियो । त्यसपछि हामी ल्यान्ड भयौं र भाग्न थाल्यौं

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment