एलओसीमा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान, ८ को मृत्यु

एलओसीमा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान, ८ को मृत्यु

कश्मीरसँगको नियन्त्रण रेखामा भारतीय सेनासँग गोली हानाहान हुँदा ३ पाकिस्तानी र ५ भारतीय सैनिकको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।

 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले बिहीबार ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। उनले लाइन अफ कन्ट्रोल (एलओसी) मा भारतीय सेनाले गोली हानेको बताएका छन्। प्रवक्ता गफुरले जम्मु कश्मीरबाट ध्यान अन्तै मोड्न भारतीय सेनाले गोलीबारी गरेको दाबी गरेका छन्।

एलओसीमा दुवै मुलुकका सैनिकहरुले गोली हानाहान गरिरेहका छन्।पाकिस्तानीको यो दाबीलाई भारतीय समाचार संस्था (एएनआई)ले अस्वीकार गर्दै कुनै पनि भारतीय सेनाको मृत्यु नभएको बताएको छ।

अलजजिराले भने पाकिस्तान नियन्त्रित कश्मीरमा बिहीबार दुई जना सर्वसाधारण मारिएको उल्लेख गरेको छ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment