रवी लामिछाने पक्राउपछि काठमाडौंमा ‘हाईअलर्ट’, एसएसपी भन्छन्,‘उश्रङ्खल नबनौँ’ !

रवी लामिछाने पक्राउपछि काठमाडौंमा ‘हाईअलर्ट’, एसएसपी भन्छन्,‘उश्रङ्खल नबनौँ’ !

कोही पनि उश्रङ्खल हुन जरुरी छैन । यदि कसैले त्यस्तो गतिविधि गरे प्रहरी नियन्त्रण गर्न सक्षम छ,’ सुवेदीले भने,

टेलिभिजन पत्रकार रवी लामिछाने पक्राउ परेपछि काठमाडौं प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । प्रहरीले कसैले पनि उश्रङ्खल गतिविधि गर्न सक्ने भएकाले सतर्कता बढाएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले प्रहरीले अनुसन्धानका लागि सहयोग गर्न लामिछानेलाई चितवन प्रहरीको जिम्मा लगाएकाले अन्यथा लिनु नपर्ने बताए । ‘कोही पनि उश्रङ्खल हुन जरुरी छैन । यदि कसैले त्यस्तो गतिविधि गरे प्रहरी नियन्त्रण गर्न सक्षम छ,’ सुवेदीले भने,‘उहाँलाई चितवन प्रहरीको जिम्मा लगाइएको छ ।’

सुरक्षा निकायले अनुसन्धानलाई सहयोग गर्न अपिल समेत गरेको छ । ‘यो प्रहरीको कर्तव्य हो । भिड र कानुन छुट्टा छुट्टै विषय हो । भिडले राज्यको सिस्टमलाई नियन्त्रण गर्न सक्दैन,’ एक उच्च प्रहरी अधिकारीले भने,‘आम सर्वसाधरणले प्रहरीको कदमलाई सहयोग गर्नुपर्छ ।’

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment