हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते

हेटौंडामा बस दुर्घटना, एक जनाको मृत्यु १५ जना घाईते

हेटौंडा उपमहानगरपालिका वडानम्बर १९ नेवारपानीमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । आज बिहान साढे २ बजे तिर काठमाण्डौबाट रौतहट तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस सडकमा आफै पल्टँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

पूर्ब पस्चिम राजमार्ग अन्तरगत नेवारपानीमा बस पल्टिएर बिजुलीको पोलमा ठोकिदा मानविय क्षेती हुन पुगेको हो । मृत्यु हुनेमा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका वडा नम्बर ५ बस्ने ५८ बर्षिय मुकेश शर्मा रहेको एसपी सिंहले जानकारी दिनुभयो । घाईतेहरु मध्य ४ जनाको भरतपुर अस्पतालमा, ३ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा र अरु ८ जना चुरेहिल अस्पतालमा उपचारपछी घर फर्किएको प्रहरीले जनाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment