प्लाष्टिकसहितको वर्षा, वैज्ञानिक नै अचम्मित

प्लाष्टिकसहितको वर्षा, वैज्ञानिक नै अचम्मित

एजेन्सी: के तपाईहरुले प्लाष्टिकसहितको वर्षा देख्नु भएको छ वा सुन्नु भएको छ।छैन भने यहाँ प्लाष्लिटकसहितको वर्षाबारे जानकारी दिइएको छ। हालसालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार प्लाष्टिकका कणसहितको वर्षा भइरहेको पाइएको हो।यो सर्वेक्षण अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले गरेका हुन्।

वैज्ञानिकहरुले नांगो आँखाले प्लाष्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डीजिटल क्यामेराको माध्यममा वर्षामा प्लाष्टिकको कण भेटेका हुन्। सर्वेक्षणमा ९० प्रतिशत प्लाष्टिकका कण भेटिएका थिए भने जसमा प्लाष्टिक फाइबरको मात्रा बढी थियो। सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी मात्रामा प्लाष्टक कण भेटिएको छ।

पहाडी क्षेत्रको समुद्री सतहबाट १०४०० फीटको उचाइमा संकलन गरिएको पानीमा प्लाष्टिकका कणहरु भेटिएका छन्। यद्यपि यो स्पष्ट हुन नसकेपनि प्लाष्टिक कहाँबाट आयो भन्ने कुरा सोचनीय विषय भएको छ।पछिल्लो समयमा प्लाष्टिकको बढ्दो प्रयोग विश्वमै गम्भीर समस्या भएको छ।

यस अध्ययनपछि विभिन्न प्रश्नहरु उठिरहेका छन् कि हावा, पानी र माटोमा कति प्लाष्टिक जम्मा हुँदैछ। यसअघि वैज्ञानिकहरुले वर्षामा प्लाष्टिकका स-साना कणहरु पत्ता लगाएका थिए। दक्षिणी फ्रान्समा वैज्ञानिकहरुले वर्षासँगै प्लाष्टिकका कण खसेको देखेका थिए।त्यतिबेला समुद्रमा कयौं प्लाष्टिकका टुक्राहरु तैरिरहेको भेटिएको थियो।

एक अर्को अध्ययनका अनुसार मानिसले प्रत्येक हप्तामा ५ ग्राम प्लाष्टिक खाँदैछन् जुन एक क्रेडिट कार्डको तौल बराबर हुन्छ। सर्वेक्षणमा सहभागी एक सोधकर्ता वीदरबीले भनेका छन्, ‘ सबैभन्दा महत्वपूर्ण कुरा यस अध्ययनबाट बाहिर आएको छ जुन हामीले देख्न सक्नेभन्दा बढी प्लाष्टिक जतातै छ। यो वर्षामा छ, हिउँमा छ र यो वातावरणको एक हिस्सा नै बनेको छ।’

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment