बाहिर आएको कुरा भ्रामक हो भन्दै : छबिको घरमा बस्न गइन् शिल्पा

बाहिर आएको कुरा भ्रामक हो भन्दै : छबिको घरमा बस्न गइन् शिल्पा

चलचित्र निर्माता छवि ओझा तथा अभिनेत्री शिल्पा पोखरेलबीचको विवादले फेरि अर्को सनसनीपूर्ण युटर्न लिएको छ ।

आफूहरूका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका सम्बन्ध–विच्छेदका तमाम प्रसंग कपोलकल्पित, भ्रामक तथा तथ्यहीन भएको दावी गर्दै निर्माता ओझाले शिल्पासँग आफ्नो सम्बन्ध निकै प्रेमपूर्ण र सुमधुर रहेको दाबी गरेका छन् ।

यता अभिनेत्री शिल्पा पोखरेलले पनि श्रीमान् छवि ओझा आफ्ना लागि पार्वतीकी शिव तथा सिताकी राम बराबर भएको बताएकी छिन् ।

यससँगै शिल्पा सिनामंगलस्थित दाजु–भाउजू विकास–सम्झना रौनियारको फ्ल्याट छोडेर छविको घरमा सरेको युवा पत्रकार अनुप भट्टराईले जानकारी दिएका छन् । आश्चर्यको कुरा त के छ भने छविको घरमा उनकी जेठी श्रीमती पनि देखिएकी छिन् ।

यसअघि पारपाचुकेसम्म पुगेका छवि र शिल्पाविरुद्ध छविकी जेठी श्रीमतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment