चट्याङ्गसहित भारी वर्षाको सम्भावना, जिल्ला नै तोकेर मौसमविदले भने- सतर्क रहनू

चट्याङ्गसहित भारी वर्षाको सम्भावना, जिल्ला नै तोकेर मौसमविदले भने- सतर्क रहनू

ठूला र साना नदीहरुमा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन मौसमविदले सूचित गरेका छन् । हाल देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको छ ।

मौसमविद समीर श्रेष्ठका अनुसार शनिबार दिउँसो पनि पूर्वी तथा मध्यपहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले शनिबार र आइतबार कन्काई, कमला, बागमती र महाकाली नदीमा बहाव बढ्ने अनुमान गरिएकाले सतर्क रहनुपर्ने मौसमविदको आग्रह छ ।

आज र भोली कन्काई,कमला,बागमती र महाकालीमा बहाव बढ्ने,केही सहायक नदीमा सतर्कता आसपास हुन सक्ने,आज झापा,मोरङ,ईलाम,उदयपुर,सिन्धुली,कैलाली,कञ्चनपुर लगायत जिल्ला भई बहने नदीमा बाहव बढ्ने,केही साना नदीमा आकस्मिक बहावको संभावना,सतर्क रहौ यसैगरी झापा, मोरङ, इलाम, उदयपुर, सिन्धुली, कैलाली, कञ्चनपुरलगायत जिल्ला भई बग्ने नदीमा पनि बहाव बढ्ने अनुमान छ । केही साना नदीमा पनि आकस्मिक बहावको सम्भावना भएकाले सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।

धनगढीमा सबैभन्दा बढी वर्षा

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको पछिल्लो मौसमी बुलेटिनमा लेखिएको छ, ‘देशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरु सतर्क रहनुहोला ।’

सडक यातायातमा पहिरोका कारण अवरोध आउन सक्ने भएकाले पहाडी भू-भागमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

मौसम विज्ञान विभागका अनुसार धनगढीमा सबैभन्दा बढी २९ मिलिमिटर पानी परेको छ । ताप्लेजुङमा १४, दाङमा १३ र काठमाडौंमा १२ मिलिमिटर पानी परेको रेकर्ड छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment