सप्तरीमा नगरपालिकाको जीप दुर्घटना, बुटवलका पत्रकारको मृत्यु

सप्तरीमा नगरपालिकाको जीप दुर्घटना, बुटवलका पत्रकारको मृत्यु

सप्तरीमा नगरपालिकाको जीप दुर्घटना, बुटवलका पत्रकारको मृत्यु रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जीप सप्तरीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–११ बक्साह चोकमा जीप दुर्घटना हुँदा पत्रकार डायल्सन अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक अधिकारी रेडियो नेपालका बुटवल संवाददाता हुन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च २२३५ नम्बरको जीपमा ५ जना यात्रु सवार रहेका प्रहरी असई सचितानन्द यादवले बताए ।

उनका अनुसार जीपमा सवार अन्य यात्रु सामान्य घाइते भएका छन् । घाइतेको विराटनगरस्थित नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment