काठमाडौंमा युवाहरुले लाठी उठाउने

काठमाडौंमा युवाहरुले लाठी उठाउने

कामान्डौंको भृकुटी मण्डमा दिउँसो ४ बजे आरक्षण बचाउ अन्तर्गतको चौथो तथा अन्तिम चरणको आन्दोलन अनुरुप आज लाठी जुलुस प्रदर्शन गर्ने भएको छ । विभिन्न चरणका आन्दोलन चर्काउँदै आएका मधेशी, आदीवासी, जनजाती समुदायका प्रतिनीधिहरुले आज लाठी उठाउने भएको छ ।

लोक सेवा आयोग विरुद्ध प्रकाशित गरेको विज्ञापन संविधान विपरित रहेको तथा पिछडीएका वर्गहरुलाई उपेक्षा गरेको भन्दै निरन्तर रुपमा विभिन्न संघ सँस्थाहरुले निरन्तर आन्दोलन गर्दै आएको छ । माईतीघर मण्डलाबाट समेत केही दिन अघि गरिएको आन्दोलनमा दर्जनौं प्रदर्शनकारी पक्राउ गरिएको थियो ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापन अनुसार नै जबर्जस्ती परीक्षा भइरहेको छ ।

संविधानमा नै सुरक्षित गरिएको आरक्षण समाप्त पार्ने चालविरुद्ध निरन्तर आरक्षण बचाउको लागि आन्दोलन हुँदै आएपनि सरकार गम्भीर देखिएको छैन । लाठी जुलुसको लागि सम्पूर्ण तयारी पूरा भएको मधेश ईन्जिनीयर्स एशोसिएन एवम् आजको आन्दोलनका नेतृत्वकर्ता ईन्जिनीयर बालबोध यादवले जानकारी दिए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment