प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन उनले चेतावनी पनि दिए ।
आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पद गुम्छ कि भनेर आफू नडराएको बताए । उनले भने, ‘मैले भनेको सुनेँ, प्रधानमन्त्री लगलग कामेर बसेको छ पद जाने भयो भनेर । मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’
सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिए । ‘सरकारको उदारतालाई हेरेर केही तत्व बढ्ता हौसिएको छ । संविधानसम्मत चल्ने यो सरकार प्रशन्नातापूर्वक विरोध र आलोचनाको स्वागत गर्छ । सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भन्ने मान्य हुँदैन,’ उनले भने ।
प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिए ।