पुडाशैनीको श्रीमतीले दिइन् रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी, प्रहरी कार्यालयमा आफै पुगेकी सम्झना धरधरी रोइन्

पुडाशैनीको श्रीमतीले दिइन् रवि लामिछानेविरुद्ध प्रहरीमा जाहेरी, प्रहरी कार्यालयमा आफै पुगेकी सम्झना धरधरी रोइन्

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको घटनामा पुडाशैनीको श्रीमती सम्झना घिमिरेले चर्चित टेलिभिजन कार्यक्रम रवि लामिछाने विरुद्ध उजुरी दिएकी छन् । प्रहरीले तीन दिन अघि नै सो घ टनाको छानविन गर्न रवि लामिछाने सहित तीन जनालाई प क्राउ गरी अनुसन्धान सुरु गरीसकेको छ । प्र करणमा छानबिनका लागि प क्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले आइतवार किटानी जाहेरी दिएको छ ।

लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा प क्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृ तककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले ह त्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अ पराध संहिताको दुरुत्साहनअन्तर्गत का रबाही गर्न माग गरेकी छन् । किटानी जा हेरी दिने क्रममा उनी भावुक भएर रोएकी थिइन् । पुडाशैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार उजुरी दिनप्रहरी कार्यालय पुगेकी हुन् ।

२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झु ण्डिएको अवस्थामा मृ त फेला परेका पुडासैनीले मृ त्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीनजनाका कारण आफूले यस्तो निर्णय लिएको बताएका थिए । उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट प क्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतले उनीहरु सबैलाई पाँच दिन थु नामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने समर्थकले भरतपुरमा जम्मा भएर उनीहरुमाथि छानबिन र का रबाही नगर्न दबाब दिइरहेका छन् । त्यस क्रममा उनीहरुले जिल्ला प्रहरी कार्यालयमा समेत तो डफोड र ढुंगा मुढा गरेका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment