१२ वटा सुन गोहोरोसहित मोरङमा एकजना पक्राउ

१२ वटा सुन गोहोरोसहित मोरङमा एकजना पक्राउ

मोरङमा प्रहरीले १२ वटा दूर्लभ जनावर सुन गोहोरोसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-८ हर्चगढीबाट पथरी शनिश्चरे नगरपालिका-६ का ५९ वर्षीय जसबहादुर धिमाललाई शनिबार साँझ पक्राउ गरेको हो ।

साइकलमा सिक्टीबाट डायनियातर्फ आउँदै गरेका जसबहादुरबाट चेकजाँचका क्रममा १२ वटा जिवित सुन गोहोरा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

उनले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो डायनिया तर्फ लैजाँदै थिए । पक्राउ परेका जसबहादुरलाई प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment