निर्वाचन आयोगले बनायो तेस्रो पञ्चवर्षीय योजना

निर्वाचन आयोगले बनायो तेस्रो पञ्चवर्षीय योजना

निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ । निर्वाचन आयोगलाई स्वायत्त, सक्षम र सुदृढ निकायको रुपमा स्थापित गर्ने उद्देश्य साथ आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/७७ –२०८०/८१) तयार पारेको हो ।

पञ्चबर्षीय रणनीतिक योजनाका लागि ५ वटा रणनीति र ४० वटा कार्यनीति तय गरिएको छ । कार्यनीति कार्यान्वयनका लागि ५ बर्षको कार्ययोजनासमेत तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ ।

आयोग परिसरमा सोमबार पत्रकारसँग कुरा गर्दै प्रवक्ता शंकरप्रसाद खरेलले ७ वटै प्रदेश र सम्बन्धित क्षेत्रका निकायसंग गरिएको परामर्शबाट प्राप्त सुझाव समेटेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिए ।

स्वच्छ ,स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनमार्फत नागरिकलाई राजनीतिक अधिकारको उपभोग गर्ने अवसर सुनिश्चित गर्न रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताए ।

आयोगले पञ्चवर्षीय रणनीतिक योजनामा प्रविधियुक्त निर्वाचन व्यवस्थापन प्रणालीको विकास गर्ने, निर्वाचनसम्बन्धी नीतिगत तथा कानूनी सुधार गर्ने, संविधान र कानून बमोजिम राजनीतिक दल नियमन गर्ने र निर्वाचन एवं नागरिक शिक्षामा साझेदारी र सहकार्य अभिवृद्धि गर्ने रणनीति तय गरेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment