भरतपुरको राष्ट्रिय बाणिज्य बैँकमा आगलागी, अधिकांस सामान जलेर नष्ट

भरतपुरको राष्ट्रिय बाणिज्य बैँकमा आगलागी, अधिकांस सामान जलेर नष्ट

भरतपुरको चौबिसकोठीमा रहेको राष्ट्रिय बाणिज्य बैकमा आज बिहानै आगलागी भएको छ । आगलागीबाट तल्लो तलाका अधिकांस सामान जलेर नष्ट भएका छन् ।

शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

विद्युत सर्ट भएर आगलागी भएको साहायक प्रमुख जिल्ला अधिकारी जनक राज पन्तले बताए । उनले महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको जानकारी दिए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment