इटालीमा जेनोवाको पुल भाँचिएर खस्दा…

इटालीमा जेनोवाको पुल भाँचिएर खस्दा…

इटालीमा जेनोवाको पुल भाँचिएर खस्दा…
२०१८ अगस्ट १३ तारिखको दिन इटालीमा विश्वास नै गर्न नसकिने ठूलो दुर्घटना भयो । जुन दुर्घटनालाई अहिले पनि त्यहाँका मानिसहरुले भुल्न सकेका छैनन् । हजारौंको सवारी साधन आउजाउ भइरहेको समयमा इटालीको जेनोवाको पुल एक्कासी भाँचिएर खसेको थियो ।

जुन दुर्घटनाले इटालीलाई नै हल्लाएको थियो । उक्त पुलमा कहिलेकाहीँ हजारौं सवारी साधन आउजाउ हुन्थ्यो । दुर्घटनाको समयमा धेरै सवारी साधनहरू पुलको भाँचिएको भागसँगै ४५ मिटर तल झरेको थियो । यस दुर्घटनामा ४३ जनाले ज्यान गुमाएका थिए ।

दुर्घटना सम्बन्धित सात व्यक्तिको कथाः जसको जीवनबाट पारेको गहिरो प्रभाव

दुर्घटनाको दिनमा अर्थात् १३ अगस्ट २०१८ मा, इमैनुएल डियाज आफ्नो भाइ हेनरीसँग मोरन्डी पुल भएर गइरहेका थिए । इमैनुएल मनोविज्ञान पढ्न कोलम्बिया जाँदै थिए र हेनरी उनलाई एयरपोर्टमा छाड्दै थिए ।

इमैनुएल भन्छन्, ‘हामी एकअर्काबाट टाढा जाँदै थियौं । मैले हेनरीलाई अंगालोमा हाले र उनलाई भनें कि म तिमीलाई धेरै माया गर्छु । मैले बेचैन महसुस गर्दै थिएँ किनकी म उसलाई छोड्न चाहन्नथेँ । अन्तिम शब्द हेनरीले मलाई भने, इमैनुएल मैले अब जानु पर्छ ।’

‘अब मलाई लाग्छ हाम्रो भाग्य यस्तो तरिकाले लेखिएको थियो कि जीवनले हामीलाई एक अर्कालाई बिदाइ गर्ने अवसर दियो । म जहिले पनि उनलाई अँगाल्न चाहन्थें ।’

भोलिपल्ट बिहान इमैनुएल बोगोटामा उडानको लागि कुर्दै थिए । त्यहाँ उनले समाचार पढे कि जेनोवाको पुल खसेको छ ।

‘मैले सोचें कि केही गडबड भयो । हाम्रा दुई दाजुभाइ बीच बिशेष सम्बन्ध रहेको थियो । जब म मेरो भाइको तस्वीर हेर्छु, मलाई लाग्छ ऊ मभन्दा धेरै टाढा छ ।’

‘जब म मेडलिन आइपुगेँ, मैले उसलाई, मेरा साथीहरू र इटालीमा मेरी आमालाई सम्पर्क गर्ने प्रयास गरें । तर निराश भएँ । म घरबाट १४ हजार किलोमिटर टाढा थिएँ । मैले अनलाइन समाचार खोज्न सुरु गरें । हाम्रो पहेंलो रंगको कार थियो । त्यो टाढैबाट पहिचान भयो ।’

‘मैले एउटा फेसबुक पृष्ठमा लाइभ स्ट्रिम भिडियो देखें जुन पहेंलो कार मलबेरीबाट बाहिर लगिएको थियो । मैले बुझें कि मेरो भाइ अब संसारमा छैनन् । कारलाई हेरेपछि यो स्पष्ट भयो कि कसैलाई भाग्नको लागि कुनै ठाउँ छैन । ‘मैले महसुस गरेँ कि घुँडामा अरु शक्ति बाँकी छैन । म भुइँमा लडेँ ।’

०००

उप अभियोजक पाओलो डी ओवितियो गर्मीको बिदामा बिताएपछि फर्के । उसले आफ्नो फोन घरमै बिर्सेका थिए । फोन बिर्सेकोबारे जानकारी गराउन उसले आफ्नी श्रीमतीलाई फोन गरेका थिए ।

उनकी श्रीमतीले उनलाई टिभीमा खबरहरू हेर्न भने र मोरन्डी पुल भाँचिएको बताइन् । उनी भन्छन्, ‘म तुरुन्तै घर गएँ, मेरो फोन लिए र प्रहरी समक्ष पुगेँ । घटनाको एक घण्टामै हामी घटनास्थलमा पुगेका थियौं । त्यहाँ अग्निनियन्त्रक कर्मचारी, प्रहरी, डाक्टर र पत्रकारहरू पहिले नै पुगिसकेका थिए ।’

‘दुर्घटनाको समयमा निरन्तर वर्षा भईरहेको थियो । म निराश थिएँ । त्यो दृश्य अझै पनि आँखा अगाडि घुमिरहन्छ । मानिसहरू कराइरहेका थिए । रोइरहेका थिए । मरेका मान्छे र मृत शरीरहरूको खोजीमा कुकुरहरुको प्रयोग भइरहेका थिए ।

भाँचिएका पुलका ठूला ठूला टुक्राहरु सडकमा थिए । एउटा कार पुलबाट झुण्डिरहेको थियो । झुन्डिएको कारमा ड्राइभर अडकिएको थियो ।’ दुर्घटनामा परी घाइते भएकाहरुलाई प्राथमिकतामा राखेर उद्धार कार्य थाल्यौँ ।

०००

पुल भाँचिएको देख्ने प्रत्यक्षदर्शीमा डेभिड क्यापेलो पनि थिए । उनी दुर्घटनाको समयमा पुलमा आफ्नो फोक्सवैगन टिगुआनमा थिए । जब उनी पुलमा चढेका थिए तब धातु खसेको जस्तो चर्को आवाज सुने ।

‘यो कुनै प्रकारको धमाकेदार आवाज थियो । यस्तो लाग्यो कि ठुलो धातुको सामान झरेछ । त्यसपछि पुल बीचबाटै ठक्कर खायो । केहि मिनेटमा के भयो मैले बुझ्न सकिन र के भयो र मैले कस्तो आवाज गरें । मैले देखें कि पुल । मेरो अगाडि टुक्रिएको छ । मेरो अगाडि पार्क गरिएका कारहरू सडकमा खस्दै थिए ।’

‘मैले तुरुन्तै ब्रेक लगाएँ र कार रोक्न खोजें तर चाँढै मैले महसुस गरें कि अगाडि कुनै सडक छैन । मेरो कार हावामा थियो र म तल जाँदैछु । मैले गाडीको स्टेरिबाट हात हटाएँ र चिच्याउँदै अब म मर्दैछु । यो सबै केही सेकेन्डमा नै भयो । मसँग डराउनको लागि समय पनि थिएन । मलाई लाग्यो कि मानिस कति लाचार हुन्छ । जसको सबै कुरा मर्दैछ ।’

‘तर मेरो भाग्य बलियो रहेछ । म फोहोरको थुप्रो माथि खसेको थिएँ । मेरो कारको पछाडिको भाग पहिलो चोटि भुईंमा बजारिएको थियो । मलाई लाग्थ्यो कुनै मिसाइलले पुलमा प्रहार गरेको छ । म मरेकी थिइन । यो बुझ्न मलाई समय लाग्यो । म २० मिनेटसम्म कारबाट बाहिर निस्कन सकिन । मेरो वरिपरि चारैतिर टुक्रिएका कारहरू थिए । मानिसहरू कारभित्रै देखिन्थे । यो दृश्य त्यहाँ युद्ध भइरहेको जस्तो थियो ।’

०००

मिम्मा सर्टो दुर्घटनाको समयमा पुलभन्दा ठीक मुनि रहेको आफ्नै फ्ल्याटमा थिइन् । उसले ठूलो आवाज आएको सुने । ‘म नुहाउँदै थिएँ । आकाशमा बादल गर्जेको जस्ता आवज सुने । तर, यो आवाज रोकिएको थिएन । आवाज यस्तो सुनिन्थ्यो कि फलामका चट्टानहरूले एक अर्कामा प्रहार गरिरहेछन् । मैले गाडीहरू झर्दै गरेको महसुस गरेन । तर, त्यहाँ सडकबाट चिच्याएको आवाज थियो ।’

‘मैले झ्याल खोलेँ । नदीमा कारहरू एकमाथि अर्को गर्दै खसिरहेको थियो । कारको हेडलाइटहरू जलिरहेका थिए । हेर्दाहेर्दै पुल हराइरहेको थियो । यो दृश्यले मेरो शरीरका सबै अङ्ग जमेको भान भयो । झोला र जुत्ता समातेर तुरुन्तै घरबाट बाहिर निस्किएँ । मैले मेरी बहिनीलाई पनि बोलाएँ र दुर्घटनाको तस्वीर पनि लिएँ । किनकी कसैले मोरन्डी पुल भाँचिएको छ भन्दा विश्वास नगर्न पनि सक्छन् ।’

मिम्माकी दिदी ऐना रीता सर्टो कामको लागि घर बाहिर थिइन् । दुबै दिदीहरू ६० वर्ष उमेरका थिए । दुबैले १९६० को दशकमा उनीहरूकै आँखाको अगाडि पूल निर्माण भएको देखेका थिए ।

‘यो मेरो बाल्यकालको हिस्सा थियो । हामी पुलकै आसपास खेल्थ्यौँ । राष्ट्रपतिले यो पुलको उद्घाटन गर्दा हामीलाई लाग्थ्यो, हामी वास्तुकलाको अद्भुत उदाहरणमा छौं । यो पुल इटालीको विकासको प्रतीक हो ।’

‘जब मैले दुर्घटनाको दृश्य देखें, मलाई कसैले गिज्याइरहेको छ । बाल्यकालदेखि नै मैलै यो पूललाई हेरिरहेको थिएँ । मलाई लाग्थ्यो यो पुल नै मेरो सबैभन्दा मिल्ने साथी हो र यसको मृत्यु कसरी हुन सक्छ ।’

०००

संरचना अभियान्ता (स्ट्रक्चरल इन्जिनियर) प्रोफेसर कार्मेलो जेन्टाइल इटालीबाट करिब एक हजार माइलमा ग्रीसमा छुट्टि गर्दै थिए । उसले आफ्नो भाइबाट दुर्घटनाको बारेमा जानकारी पाएका थिए ।

उनी भन्छन्, ‘भाइले पठाएको सन्देश पढेर म स्तब्ध भएँ, २० मिनेटसम्म के भइरहेको छ भनेर थाहा नै पाउन सकिने । मेरो दिमागले काम गर्न छाड्यो ।’

एक बर्ष पहिले, मिलन पोलिटेक्निकमा आफ्नो टोलीसँगै, उनले यो पुलको मर्मत गर्ने योजना बनाइरहेका थिए । यो काम सेप्टेम्बरमा सुरु हुने थियो, पुल भाँचिएको एक महिना पछि ।

हामीले पुलको शक्ति मापन गर्न सेन्सरहरू प्रयोग गरेका थियौँ । अध्ययनको क्रममा पूल भाँचिएको भागको गम्भीर समस्या थियो ।

एक इन्जिनियरको हैसियतले पुलमा देखिएको समस्या सामान्य थिएन । समय सीमा लगायतकाबारेमा अझ धेरै कुरा पुष्टि गर्न थप परीक्षणहरू गर्नु आवश्यक थियो । यो कार्य जति सक्दो चाँडो गर्नु आवश्यक थियो ।

यो पुलको मर्मत गर्ने निजी कम्पनी आटोस्ट्राडका अनुसार पूलको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको थियो । तर कुनै अनुसन्धानले उक्त पुललाई ‘तत्काल ध्यान दिन आवश्यक छ’ भन्ने कुरा पत्ता लगाएको थिएन ।

जेन्टाइलले आफ्नो अध्ययन प्रतिवेदन एसपीइए इन्जिनियरिङलाई पेश गरेको थियो, जुन आटोस्ट्रेडको सहायक कम्पनी थियो । जुन कम्पनीको काम पूरा गर्नेछ ।

‘यदि उनीहरूले मलाई थप अनुसन्धानको लागि अनुरोध गरेको भए, समस्याको जड पहिल्याउने थिएँ होला । अनुसन्धानको क्रममा समस्या पत्ता लगाई न्यायाधीशलाई पूर्ण तथ्यहरू र सुरक्षाका लागि पत्र लेख्ने थिएँ । सुरक्षाका कारण पुलमा आउजाउमा रोक लगाउन अनुरोध गर्न सकिन्थ्यो ।’

डेप्पुटी पाओलो डी ओवितियो र उनको टोलीले दुर्घटनासम्बन्धी प्रमाण जम्मा गरेको छ । उक्त प्रमाण उनीहरुले न्यायाधीश समक्ष प्रस्तुत गर्ने तयारीमा छन् । यस सम्बन्धमा, उच्च अधिकारीदेखि इन्जिनियर र प्राविधिकसहित करिब ८० जनाको भूमिकाको बारेमा अनुसन्धान गरिरहेको छ ।

पाओलो डी ओवितियोले यो भन्दैन कि अटोस्ट्रेडहरू जान्दछन् कि कुनै पनि समयमा पूल भाँचिने छ, तर तिनीहरू विश्वास गर्छन् कि पुलको जोखिम राम्रोसँग मूल्यांकन गरिएको छैन, जुन एउटा अपराध हो ।’ तिनीहरू भन्छन कि उनीहरूले भग्नावशेषको नमूना र धेरै कागजातहरू प्रमाणको रूपमा जफत गरेका छन् ।

अटोस्ट्रेड भन्छन् कि पुलको मर्मत कार्य निरन्तर भइरहेको थियो । विगत तीन बर्षमा पुल भाँचिनु भन्दाअघि ९० करोड यूरो खर्च भएको थियो ।

पाओलो डी ओवितियोका अनुसार यदि कम्पनीले पुलको मर्मतसम्भारको बारेमा गम्भीर थियो भने, पुलको भाँचिएको पिलरको पुर्नस्थापनामा किन ढिलाइ गरियो ? जब यो कम्पनी इटालियन सरकारको स्वामित्वमा थियो, जसले १९९० को दशकमा दुईवटा पिलर पूर्ण रूपमा मर्मत गरेको थियो । त्यस समयमा प्रोफेसर कार्मेलो जेन्टाइल यस परियोजनामा काम गरिरहेका थिए । उनी भन्छन् कि त्यस समयमा उनको आँखामा धेरै कुराहरु आए जुन चिन्ताजनक थियो ।

‘एक पटक त्यो पुलको परीक्षण भइरहेको थियो, एक ठाउँमा सिमेन्टको एक भाग बाहिर आयो र एउटा खाडल बनेको थियो । जुन भागमा स्टिलको टुक्राहरू देख्न सकिन्थ्यो । इमान्दारीपूर्वक भन्नुपर्दा, हामीले त्यस्तो ठाउँमा भेट्टायौं जहाँ कंक्रिट थिएन । यदि यही ठाउँहरूबाट पानी प्रवेश गर्छ, त्यहाँ आन्तरिक धातु पूर्ण रूपमा ध्वस्त हुने सम्भावना थियो ।’

‘पुलको डिजाइनले रिकार्डो मोरन्डीलाई कंक्रिटमा पनि संगीत सुनाइदिन्थ्यो । उनले कंक्रिट मात्र देख्न सक्ने पुल निर्माण गर्न चाहन्थे जुन पुलमा धातु होइन । डिजाइनमा धेरै प्राविधिक त्रुटिहरू थिए । यदि काम सही ढंगले गरिएको भए त पुलभित्र प्रयोग भएका स्टील बिग्रनबाट रोक्न सकिन्थ्यो । तर पुलको लागि सामानहरू बनाउने प्रक्रिया सही थिएन । इस्पात कंक्रीटभित्र लुकाइएको थियो भने कसरी स्टीलको परीक्षण गर्न सकिन्छ । त्यसैले पुल कति शक्तिशाली थियो भनेर भन्न सक्ने अवस्था थिएन । ’

पाओलो डी ओभिटियो भन्छन, त्यहाँका फोहोरको परीक्षण गर्दा कंक्रिटभित्र रहेको स्टील नराम्रोसँग पग्लिएको कुरा पत्ता लागेको छ ।

अटोस्ट्रेड कम्पनीसँग सम्बन्धित अन्वेषकहरूले भने यी दावीहरू अस्वीकार गर्छन् । तिनीहरू भन्छन्, पुल ध्वस्त भएको, पुलभित्रको धातु नराम्रो थियो भन्ने कुनै प्रमाण छैन ।

यस घटनामा हत्याको आरोपमा संलग्न व्यक्तिलाई आरोप लगाउने तयारी भइरहेको छ, तर अदालतले निर्णय लिन भने धेरै समय लिन सक्ने देखिन्छ ।

इमैनुयल डियाजले आफ्नो भाइ हेनरीलाई न्याय दिलाउनका लागि कोलम्बियामा आफ्नो अध्ययन छोडेका छन् ।

इमैनुयल भन्छन्, ‘भाइलाई न्याय दिलाउनका लागि र आमाको हेरचाहका लागि म जिवित छु ।’

‘हेनरी र म कोलम्बियामा हुक्र्यौं जहाँ एकपछि अर्को हिंसा भइरहेको छ । मेरो बुबा लागुपदार्थको तस्करीमा थिए र उनको हत्या गरियो । हामी इटाली आएका थियौं र आफ्नो परिवारको नाम उज्ज्वल बनाउन यथासक्दो प्रयास गर्यौं ।’

‘मेरो भाइले इन्जिनियरिङ पूरा गर्न लागेका थिए । उनी कोलम्बियामा बस्ने बच्चाहरूको लागि आर्थिक सहयोग लिने प्रयास गर्थे । उनी सधैं हाँस्दै र जीवनले भरिएका थिए । उनी भन्छन् कि यो संसार मान्छेलाई अद्भुत उपहार हो ।’

‘मलाई थाहा छ कि दोषीहरू संसारमा छन् र उनीहरूलाई सजाय दिइनुपर्छ । म विश्वस्त छु कि मेरो भाइले न्याय पाउनेछ किनभने यो सम्पूर्ण इटालीको चाहना हो ।’

‘पुल विनाशकारी थियो । यो आश्चर्यजनक कुरा हो कि यस पुल यति धेरै वर्षसम्म कसरी खडा रह्यो । यो दुर्घटना दुई, तीन बर्ष वा दश बर्ष अघि पनि हुन सक्थ्यो ।’

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment