काठमाडौ । कहिलेकाँही हामीले सोचेका भन्दा धेरै फरक प्रकृतिका घटनाहरु बाहिर आउँछन् । नेपालगन्ज कोहलपुर सडकखण्ड अन्तर्गत हवल्दारपुरमा मिनिट्रकले किच्दा आधा दर्जन बढि भेडा मोरिएका छन । आज मध्यान्ह १२ बजे नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे १ ख २१६६ नम्बरको मिनि ट्रकले बाटो काट्दै गरेका भेडाको हुललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट छियाछिया भएका भेडाहरु बाटोभरी छरिएका थिए ।
जानकी गाउँपालिका वडा नं. ६ निवासी दसंराम गडरियाले गोठबाट चरनकालागि लैजाँदै गरेका भेडालाई हवल्दारपुरस्थित शिखर प्लाई उद्योग नजिकै ट्रकले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको बताएको छ । फरार चालकको खोजि गरेर आवश्यक अनुसन्धान अगाडी बढाउने प्रहरीले जानकारी दिएको छ ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्