कहिल्यै लसुन भुटेर खानुभएको छ? भुटेको लसुन खाँदा शरीरलाई हुने आश्चार्य फाइदाहरु

कहिल्यै लसुन भुटेर खानुभएको छ? भुटेको लसुन खाँदा शरीरलाई हुने आश्चार्य फाइदाहरु

हामीले खाने हरेक खानामा बिभिन्न खाले भिटामिन मिनरल तथा प्रोटिन र कार्बोहाइड्रेट जस्ता तत्व पाइने गरिन्छ । यस्तै हरेक नेपालीको भान्सामा पाइने लसुनको पनि फाइदा धेरै छन् । लसुनको प्रयोगले खाना मिठो मात्र हुँदैन कि यसले धेरै फाइदा पनि गर्दछ ।बिशेष गरि काँचो लसुन भन्दा भुटेको लसुन धेरै लाभदायक रहेको विज्ञहरुले बताएका छन् । पुरुषहरुको लागि भुटेको लसुन निकै नै निकै फाइदाकर हुने गर्दछ ।

१. पेटको रोग बाट टाढा :सुक्खा रुपमा तावामा भुटेको लसुनले पेटसम्बन्धि रोगहरुबाट टाढा राख्ने काम गर्दछ । हरेकदिन भुटेको लसुन खानाले छातीमा हुने जलनका साथै पेटमा हुने रोगहरुबाट टाढा राख्ने काम गर्छ ।
२. हर्मोन ब्यालेन्स :लसुनको नियमित प्रयोगले यसमा भएको ऐलीसिनले पुरुषको सेक्स हर्मोनलाई सन्तुलित राख्न मदत्त गर्दछ ।

३ . अधिक स्टामिना :भुटेको लसुन स्वास्थ्यको लागि राम्रो मानिएको छ । यसमा लिसिन भन्ने तत्व हुन्छ जसले शरीरको रक्त चाँपलाई सहि राख्ने गर्दछ ।
४. दातको दुखाई कम :यदि दातमा दुखाई छ भने लसुनको प्रयोगले दातमा दुखाई कम गर्दछ । भुटेको लसुनलाई पिसेर दातमा राख्नाले आराम मिल्छ र दुखाई कम हुन्छ । लसुनमा एन्टी बैक्टीरियल तत्व हुने गर्छ जसले दातमा भएको दुखाईलाई सिधा असर पार्ने गर्दछ ।

५. रोग प्रतिरोधक क्षमता :भुटेको लसुनले रोग प्रतिरोधक क्षमतालाई बढाउने काम गर्दछ । यसमा एन्टि बैक्टीरियल तत्व हुने गर्छ जसले चिसोबाट मात्र नभईकन थकानलाई पनि भगाउने काम गर्दछ ।

६. चिसोबाट बचाउँछ :तातो तेलमा लसुन पड्काएर शरीरमा लगाउनाले शरीरमा चिसो छिर्न पाउदैन । यसले गर्दा हामीलाई रुघाखोकी जस्तो समस्याले सताउदैन ।
७. रक्त चाँप नियन्त्रण :विभिन्न अध्ययनले दैनिक भुटेको लसुन खाने व्यक्तिमा रक्तचाँप सन्तुलित रुपमा रहने देखाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment