सालकको खपेटासहित पक्राउ….

सालकको खपेटासहित पक्राउ

पाँचथर : सालकको खपेटासहित ताप्लेजुङको फुङलिङ नगरपालिका २ बस्ने एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। छ सय ग्राम खपेटासहित ६२ वर्षीय विक्रम यवाराम लिम्बूलाई प्रहरी चौकी काबेलीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने हपुखोलादेखि ताप्लेजुङतर्फ जाँदै गरेका लिम्बूलाई खपेटासहित पक्राउ गरिएको हो।

पक्राउ परेका लिम्बूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय पाँचथरमा प्रहरीले बुझाएको छ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्
Uncategorized

Related posts

Leave a Comment