४ महिनामा १५ लाख पर्यटक भित्र्याउने दाबी

४ महिनामा १५ लाख पर्यटक भित्र्याउने दाबी

पोखरा-गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशमा आगामी ४ महिनामा १५ लाख पर्यटक भित्र्याउने बताएका छन् । रेस्टुराँ तथा बार एसोसिएसन (रेबान) पोखराको २५ औं वार्षिक साधारणसभाको पोखरामा
उद्घाटन गर्दै मन्त्री लम्सालले आगामी ४ महिनाभित्र गण्डकी प्रदेशमा १५ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दाबी गरेका हुन् ।

उनले भने, “प्रदेशको भ्रमण वर्ष सकिन ४ महिना बाँकी छ, अब नेपालीहरूको महान पर्व विजया दशमी पर्व आउँदैछ, यस अवसरमा प्रदेश सरकारले प्रदेशका कर्मचारीलाई केही दिन बिदा दियर भ्रमर्णको प्रबद्र्धन गर्ने तयारी गरेको छ ।” देशका विभिन्न ठाउँबाट प्रदेश सहित प्रदेशको राजधानी पोखरामा पर्यटकहरूलाई ल्याउन बिजनेस टु बिजनेस अवधारणासमेत अघि बढाउने भएको मन्त्री लम्सालले बताए ।
प्रदेशमा पर्यटनको अथाहा सम्भावना देखेरै अध्ययन गरेरै विज्ञहरूको राय सल्लाहको आधारमा विकासको मूल आधार पर्यटनलाई बनाएको उनले जनाए ।
पोखरामा धेरै पर्यटकहरू भित्र्याउन निजी क्षेत्रले दक्षजनशक्ति उत्पादन गरी आगन्तुक पाहुनालाई उनीहरूको रोजाई अनुसारका खानाको परिकार दिनमन्त्री लम्सालले सुझाव दिए । प्रदेशका ८५ स्थानिय तहमा करिब २ हजार २ सय कर्मचारीहरू रहेकाले उल्लेख गर्दै उनले अझै पनि कर्मचारी व्यवस्थापनमा समस्या रहेको जनाए । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको उनले जनाए ।
केही निजी कम्पनीहरूले पोखरामा लगानी गर्न खोजेको बताउँदै उनले जग्गा समस्या रहेकोले उनीहरूलाई लगानी गर्ने वातावरण मिलाउन जग्गा व्यवस्थापनमा सहजीकरण गर्ने बताए । उनले भने, “पोखरासहित प्रदेशको पर्यटन प्रबद्र्धन गर्न निजी क्षेत्रसँग के–कस्तो सहकार्य वा समन्वय गर्नुप¥यो तपाईंहरू हामीसँग आउनुहोस् हामी तयार छौं ।”
वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डीएसपी कोमल शाहले पोखराको लेकसाइडमा शान्ति सुरक्षाको आफूहरूले प्रत्याभूति गराएको बताए । उनले भने, “केही समूहले पोखराको शान्ति सुरक्षालाई असर पार्ने गरी अनावश्यक पर्पोकाण्ड मच्चाएका छन्, लेकसाइडमा कहाँ चोरी भएको छ, वडा कार्यालयमा भएको चोर पक्राउ गरेका छौं, प्रहरीले कुन व्यवसायलाई र कुन पर्यटकलाई असर पारेको छ ।”
शान्ति सुरक्षामा कुनै कमजोरी नभएको उनले दाबी गरे । डीएसपी शाहले लेकसाइड क्षेत्रमा ग्याङ फाइट हुन नदिने बताउँदै मादक पदार्थ सेवन गरी हिँडेको भरमा हो हल्ला गरेको र केटी तानातान भएको भन्न नमिल्ने जनाए ।

श्राेत karobardaily

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment