रोबोट पुजारी

रोबोट पुजारी

जापानको एक बौद्ध मन्दिरमा रोबोट पुजारी छ। यसले मानिसलाई करुणाको बारेमा शिक्षा दिन्छ। यस रोबोटले मन्दिर आउने श्रद्धालुहरूलाई माया, करुणासँगै रिस, अहंकारजस्तो नराम्रो कुराबाट टाढा रहने शिक्षा प्रदान गर्छ। जापानको उक्त बौद्ध मन्दिर चार सय वर्ष पुरानो छ।

मन्दिरमा रहेका अन्य पुजारीहरूले रोबोटलाई मद्दत गर्छन्। कृत्रिम बौद्धिकताद्वारा आउने दिनमा रोबोट अझै धेरै बुद्धिमान हुने विश्वास त्यहाँका पुजारीहरूलाई छ। मन्दिरका पुजारीका अनुसार यो रोबोटले समयसँगै आफूलाई सुधार र अपडेट गर्दै लैजानेछ। परिवर्तित बौद्ध धर्मअनुसार यसले लगातार आफ्नो ज्ञानमा वृद्धि गर्नेछ र सधैं समयसँगै चल्नेछ।

यो रोबोट एउटा युवाको आकारमा छ। यसको शरीरलाई हिँड्न र डुल्न सक्ने खालको बनाइएको छ। रोबोट मानिस जस्तै देखियोस् भनेर यसको अनुहार र काँधलाई सिलिकनले ढाकिएको छ। रोबोटले प्रार्थना गर्दा आफ्नो दुवै हात जोडेर नम्र आवाजमा गर्ने गरेको छ।

यो रोबोट १० लाख भारतीय रुपैयाँको लागतमा बनेको हो। यसले श्रद्धालु भक्तजनलाई समवेदना र करुणाको बारेमा शिक्षासमेत दिने गरेको छ। साथै वासना, रिस र अहंकारकोे दुष्प्रभावको बारेमा पनि सिकाउने गरेको छ।

श्राेत annapurnapost

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment