कालिकोटमा भीषण पहिरो, २४ घर विस्थापित

कालिकोटमा भीषण पहिरो, २४ घर विस्थापित

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका–७ को ढाडगाउँमा पहिरो जाँदा २४ घरपरिवार विस्थापित भएका छन्। सोमबार बेलुका आएको बाढी र पहिरोका कारणले २४ घर विस्थापित भएका हुन्। पहिरोका कारणले जोखिममा परेका घर परिवारहरुको अहिले राहत तथा उद्दारको काममा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाली प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारणले ४ घर पूरै क्षति पुगेको अन्य २० घर निकै जाखिममा रहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए। ‘सोमबार बेलुका ५ बजे बाढी पहिरो आएको कारणले मानवीय क्षति भएन’ उनले भने, ‘धनमालको ठूलो क्षति भएको छ।’

श्राेत thahakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment