नेपालको उपाधि यात्रामा भुटानसँगको खेल निर्णायक

नेपालको उपाधि यात्रामा भुटानसँगको खेल निर्णायक

काठमाडौं । भारतमा जारी यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाली युवा टोली बिहीबार अन्तिम खेल भुटानसँग खेल्दैछ । फाइनल यात्रा तय गर्न निर्णायक मानिएको खेलमा नेपाल भुटानको युवा टोलीसँग खेल्न लागेको हो । कल्याणी रंगशालामा खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

प्रतियोगितामा तुलनात्मक रुपमा कमजोर मानिएको भुटानविरुद्ध नेपालले जित निकाले उपाधिका लागि भारतसँग खेल्नेछ । आयोजक भारत ३ खेलमा जित निकाल्दै ९ अंकका साथ फाइनल पुगिसकेको छ । नेपाल ३ मध्ये २ खेलबाट ६ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

बंगलादेश समान ६ अंक भए पनि हेड टु हेडका आधारमा तेस्रो स्थानमा छ । शीर्ष दुईमा रहने टोली फाइनल पुग्ने भएका कारण नेपाललाई भुटानविरुद्धको जित निर्णायक छ ।

यस्तै अर्को खेलमा घरेलु टोली भारत र बंगलादेश आमनेसामने हुनेछन् । नेपालले प्रतियोगितामा श्रीलंकालाई २–० ले हराउँदा बंगलादेशमाथि ४–१ को जित निकालेको छ । यस्तै घरेलु टोली भारतसँग ५–० को हार ब्यहोेरेको थियो ।

श्राेत baahrakhari

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment