भालुको पित्तसहित एकजना पक्राउ

भालुको पित्तसहित एकजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रहरी वृत्त लैनचौरले दुर्लभ वन्यजन्तु भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले काठमाडौं महानगरपालिका २६ रानीबारीमा भालुको पित्तको अबैध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि वृत्तको टोलीले भालुको पित्तसहित एक जनालाई पक्राउ गरेको हो ।

महानगरिय प्रहरी बृत्त लैनचौरका प्रमुख डिएसपी सन्तोष राठौरका अनुसार पक्राउ पर्ने बिमल सोदेम्बा रहेका छन् । डिएसपी राठौरले दुर्लभ वन्यजन्तु भालुको पित्त १७ ग्रामसहित पक्राउ सोदेम्बालाई आवश्यक अनुसन्धान भइरहेको बताए ।

श्राेत baaharkhari

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment