१३ वर्षदेखि तीन लाख किलो रक्तचन्दन ‘डम्पिङ’

१३ वर्षदेखि तीन लाख किलो रक्तचन्दन ‘डम्पिङ’

भाद्र १३, काठमाडौं । उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले बुधबार साँझ ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सक्रिय भएको देखिएको हो।

बौद्धका डीएसपी नरेन्द्र चन्दले बौद्धको रामहिटीबाट रक्तचन्दन बरामद भएको जानकारी दिए । उनले भने, ‘घरमा स्टोर गरेर राखेको अवस्थामा बुधबार साँझ बरामद गरेका हौं।’ प्रहरीका अनुसार च्याङ्बा लामाको घरमा लुकाइछिपाइ राखेको अवस्थामा रक्तचन्दन बरामद भएको हो । विशेष सुराकीका आधारमा पुगेको टोलीले च्यांबासहित योन्देन ग्यांजु तामाङलाई पक्राउ गरेको छ।

त्यहाँ बिक्रीका लागि सञ्चय गरेर राखेको अवस्थामा रक्तचन्दन भेटिए पनि रक्तचन्दन कसको र कहाँ लैजाने तयारी थियो भन्ने खुल्न सकेको छैन।

प्रहरीले विस्तृत अनुसन्धानका लागि बरामद भएको रक्तचन्दनसहित पक्राउ परेका दुवैलाई डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको छ।

भारतबाट लुकाइछिपाइ काठमाडौं हुँदै चीनतर्फ तस्करी हुन लागेको रक्तचन्दनका भाँडा र त्यसका दानालाई प्रहरीले गत वैशाखमा पनि काठमाडौंबाट बरामद गरेको थियो।

भारतको राजधानी नयाँ दिल्ली हुँदै काठमाडौं आएको पर्यटक बसबाट प्रहरीले १० किलो ७७५ ग्राम रक्तचन्दनको भाँडा र १ हजार ३ सय दुईवटा दाना बरामद गरेको थियो। सुरुसुरुमा रक्तचन्दनका ठूला गोलिया र काठकै रूपमा तस्करी हुने गरे पनि पछिल्लो समय विभिन्न सामग्रीका स्वरूपमा नेपाल हुँदै चीनसम्म पुग्ने गरेको पाइएको छ।

श्राेत onlinekendra

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment