ढुंगेधारामा डुवान, ५० भन्‍दा बढी पसलमा क्षति

ढुंगेधारामा डुवान, ५० भन्‍दा बढी पसलमा क्षति

१५ भदौ, काठमाडौं । शुक्रबार राति र शनिबार विहान ठूलो पानी आउँदा काठमाडौंको ढुंगेधारामा ५० भन्दा बढी पसल डुवानमा परेको छ ।

पानीको निकास हुने ठाउँ टालिएपछि जमेको पानीले वरपरका घर, पसल र टहराहरु डुबेका हुन् । निकास बन्द हुँदा झण्डै ३ फिट पानी जमेको स्थानीय वासिन्दाले बताएका छन् ।

आइतबार विहानसम्म घर र पसलहरुमा पानी जमिरहेका थिए । व्यापारी र घरधनीहरु जमेको पानी फ्याँक्न र पानीले भिजाएका सामान निकाल्दै थिए । यहाँ ठूलो पानी पर्दा हरेक वर्ष डुवान हुने गरेको छ

श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment