मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

धनगढी : मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ। कैलालीको हसुलियाबाट धनगढी आउँदै गरेको से २ प ९६८७ नम्बरको मोटरसाइकल गोरुगाढासँग ठोक्किँदा कैलारी गाउँपालिका–४ केगाउँमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा धनगढी–७ का ४६ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको छ। दुर्घटना मंगलबार साँझ करिब पौने ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

दाईजो थोरै भयो भन्दै प्रहरीले गर्भवती श्रीमतीलाई निर्घात कु*टेपछि… : २६ वर्षीय रमिता कुमारी रायको विवाह जनकपुरधाम उपमहानगरपालिका–७ स्थित शशी भट्टसंग तामझामका साथ सम्पन्न भएको थियो । नेपाल प्रहरीमा सहायक प्रहरी निरीक्षकका रुपमा कार्यरत शशीले पनि श्रीमतिलाई आजीवन प्रेम र सम्मान गर्ने वाचा गरेका थिए । उनीहरुको दाम्पत्य जीवनमा कुनै प्रकारको संकट नआओस भन्दै रमिताका माइती पक्षले राम्रै दाइजो पनि दियो । यति मात्र होइन, ती जोडीले पनि एकअर्कालाई जीवनभर साथ दिने वाचा पनि गरे । तर, जीवन सोचेजस्तो भएन । आजीवन साथ दिने वाचा गर्दै विवाह गरेका शशीले रमिताको जीवनसंग खेलवाड गरे । विवाह गरेको एक महिना नबित्दै शशीको वाचाको सामु दाइजो प्रमुख विषय बन्यो । रमिता भन्छिन् ‘दाइजोकै लागि शशिले मलाई विवाह गरेको दास्रो महिनादेखि निर्घात कु*टपीट गर्न थाल्यो,’ पीडित रमिताले भनिन्,‘पटक–पटक कुटपीट ग-यो ।’ रमिताका अनुसार छिमेकीले थाह नपाउन भनेर मुखमा कपडा कोचेर कोठा भित्र लगेर कुट्थे ।’

यात*ना सहँदै भएपनि रमिता घरमै थिइन् गत पुसमा गर्भवति भइन् नीजि क्लिनिकमा लगेर शशीले गर्भ जाँच गराए । चेकजाँच पछि थाहा भयो ‘रमिताको गर्भमा छोरी छ ।’ रमिताले गर्भमा छोरी भएको थाहा भएपछि शशिले दिने यातनाको गति झन बढ्यो । ‘श्रिमानले गर्भपतन गराउन दवाव दिए पहिलो सन्तान भन्दै रमिताले मानिनन् । जब रमिताले गर्भपतन गर्न मानिन् । सासु, देबर र श्रीमान रमितालाई कुटन थाले । ‘बाहिरको मान्छेले थाह नपाउन भन्नका लागि घरमा साउण्ड बक्स बजाएर कुट्थे ।’ रमिताले सुनाइन् । विवाह गरेको एक वर्षमै श्रीमानको यात*नाबाट आजित भइसकेकी रमितालाई साउन १४ गते उनको घरका मान्छेले योजनाबद्ध तरिकाले ज्यान मा*र्ने प्रयास गरे । त्यती बेला पनि छिमेकीकै कारण बाँचेको उनको भनाई छ । ‘साउन १४ गते कुट*पीट गरी गर्भमै छोरीको ज्यान लिँ*ने प्रयास गरेको थिए,’ उनले भनिन्, ‘भोली पल्टदेखि मेरा अवस्था नाजुक भयो । भोलिपल्ट मलाई देबरले अस्पताल भर्ना गराए ।’ रमिताले साउन १५ गते छोरी जन्माइन । घरका मान्छेले वेवास्ता गरेकाले अस्पतालमा रमिताको स्थिती नाजुक थियो । छिमेकीले रमिताको दाइ राकेशलाई घटनाबारे फोनमा जानकारी गराएपछि दाई बहिनीलाई भेट्न अस्पताल पुगेका थिए । ‘दाइले मेरा अवस्था देखेपछि आफूलाई सम्हाल्न सक्नु भएन । उनले भनिन्‘ उहाँले मेरो अवस्था देखेपछि मलाई माइती लैजान खोज्नु भयो । तर, श्रीमानले जाँन दिएनन्, पछि प्रहरीसंग सहकार्य गरी माइती आए । अहिले यहि बसिरहेको छु ।’ प्रहरीको सहारामा घरबाट माइती आएकी रमिता आफ्नो दाई राकेशकुमार रायको सहायोगमा शशिविरुद्ध महिला तथा बालबालिका कार्यालयमा दुव्र्यवहार र कुट*पीटको मुद्दा दर्ता गराएकी छिन् । बिगतको त्रासदीपूर्ण जीबन सम्झँदै रमिता भन्छिन् ‘फेरि म घर गएँ भने मलाई सबै मिलेर मार्छन्, म शशीसंग छुट्टिन चाहन्छु ।’ हाल हेटौंडामा कार्यरत शशीले अहिले दिनैपच्छिेजसो फोन गरेर रमितालाई धम्कि दिने गरेका छन् । उनी बिरुद्ध स्थानीय चौकी देखि जिल्ला प्रहरी कार्यालयमा आँधा दजर्न बढी महिलामाथी हिं*सा गरेको उजुरी परेको रमिताको दाई राकेशले बताए ।

श्राेत hamronews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment