पैदलयात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स पल्टियो, १ को मृत्यु, ४ जना घाइते

पैदलयात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स पल्टियो, १ को मृत्यु, ४ जना घाइते

जनकपुरधाम । पैदलयात्रीलाई जोगाउने क्रममा महोत्तरीको बर्दिबास ३ मा बिरामी बेकेको बा २ च ४४४१ नंको एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

एम्बुलेन्समा सवार ५० वर्षीय तारा बादीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले जनाएका छन् ।

दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश बादी, छोरी गंगा बादी घाइते भएका छन् ।

पैदल यात्री धनुषाको मिथिला नगरपालिका ४ रोशा बराइली पनि घाइते भएका हुन् । उनको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।

प्रहरीका अनुसार घरायसी झगडामा उवेश लगायत घाइते भएका थिए । घाइतेहरूलाई एम्बुलेन्सबाट अस्पताल लाँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो ।

श्राेतrajdhanidaily

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment