यू–१९ एसिया कप : बंगलादेशसँग हारेसँगै नेपाल बाहिरियो

यू–१९ एसिया कप : बंगलादेशसँग हारेसँगै नेपाल बाहिरियो

२२ भदौ, काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटबाट बाहिरिएको छ ।

आफ्नो दोस्रो खेलमा आइतबार बंगालदेशसँग ६ विकेटले पराजित भएसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिएको हो । २६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४९.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

बंगलादेशको जितमा अक्बर अलीले उत्कृष्ट ब्याटिङ गरे । उनी ९८ रनमा अविजित रहे । त्यस्तै, टवहिद हरिदोयले ६० रन बनाउँदा महमुदुल हसन जोयले ४० रन बनाए । त्यस्तै, शामिम हुसेन भने ४२ रनमा अविजित रहे ।

१९ रन हुँदा दुई विकेट गुमाएको बंगलादेशले सम्हालिएर खेल्दै जित हात पार्‍यो । सुरुवातमै विकेट लिएको नेपालले त्यसपछि भनेर राम्रो खेल्न सकेन । नेपालका लागि कमलसिंह ऐरीले दुई विकेट लिदा हरिबहादुर चौहान र राशिद खानले समान १–१ विकेट लिए ।

यसअघि श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट नेशनविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो ।

नेपालको सुरुवात ठीकै रहृयो । ऋत गौतम र पवनले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए । ऋत ३२ रनमा आउट भए । आसिफ शेख मात्र ३ रनमा पभेलियन फर्किए ।

तर पवनले सम्हालिएर ब्याटिङ गरे । उनले कुशल मल्लसँग ३९ रनको साझेदारी गरे भने कप्तान रोहितकुमार पौडेलसँग १४ रनको । त्यसपछि सन्दीप जोरासँग १४ रनको साझेदारी गरेका उनी ८१ रनमा आउट भए ।

पाँचौं विकेटका रुपमा पवन आउट हुँदा नेपालको स्कोर १७१ रन थियो । र झण्डै १० ओभर खेल बाँकी थियो ।

सन्दीप जोराले भीम सार्कीसँग मिलेर नेपालको स्कोरलाई बलियो स्थितिमा पु¥याए । दुबैले ७१ रनको साझेजारी गरे । आक्रामक पारी खेलेका उन्दीपले ३७ बलमा ५६ रनको महत्वपूर्ण पारी खेले ।

भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ र कप्तान रोहितकुमारको नाममा १४ रन रहृयो । बंगलादेशका लागि शाहिन आलम र ताजिम हसन सकिबले समान २–२ विकेट लिए । त्यस्तै, मृतुनजोय चौधरी, रकिबुल हसन, मिन्हाजुर रहमान र टोवहिद हरिदोयले समान १–१ विकेट लिए ।

यो हारसँगै नेपाल यू–१९ एसिया कपबाट बाहिरिदा बंगलादेश भने सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

श्राेतonlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment