२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज गएका छन् । उनी मुटको स्वास्थ्य जाँच गर्न त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएका हुन् ।
गत वर्ष पनि प्रधानमन्त्री ओलीले त्यहाँ भर्ना भएर मुटुको उपचार गराएका थिए । त्यसकै फलोअपका लागि ओली बुधबार अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।
यो पनि पढ्नुहोस
प्रधानमन्त्री ओली टिचिङ अस्पताल भर्ना
१० वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै मिर्गौलाको उपचार गरेर सिंगापुरबाट फर्किएका थिए ।
श्राेत onlinekhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्