काठमाडौं : दसैंका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ। बिहीबार यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघबीच यस्तो सहमति भएको हो।
महासंघका प्रवक्ता सरोज सिटौलाका अनुसार भाडा समायोजनको जिम्मा सरकारलाई दिँदै ५ गतेबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। दसैं, तिहार र छठको अवसरमा काठमाडौंमा बस्ने लाखौं मानिस घर फर्किन्छन्।
काठमाडौंलाई कर्मथलो बनाउने अधिकांश मानिस विशेष पर्वको अवसरमा घर जाने गर्छन्। लाखौंको संख्यामा घर फर्किने सर्वसाधारणाको यात्रा सहज बनोस् भनेर सरकारले अग्रिम टिकट बुकिङ खुला गर्दै आएको छ।

श्राेत annostapurnap