रौतहटको राजपुरमा गोली चल्यो, स्थिति तनावग्रस्त

रौतहटको राजपुरमा गोली चल्यो, स्थिति तनावग्रस्त

रौतहट । रौतहटको राजपुर नगरपालिका वाड नं. ८ कुडिया बजारमा बिहीबार बिहानदेखि नै तनाबग्रस्त बनेको छ । बुधबार मुस्लिम समुदायको मुहरर्म पर्व मनाउन गएका युवाहरूले हिन्दुहरुले मनाउने पर्व छठको स्थानमा क्षति पुर्याएपछि भएको बिवादले आज पनि सो क्षेत्र तनाब ग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नबिन कार्कीले जानकारी दिएका छन् ।

बिहीबार दिउँसो भिडलाई नियन्त्रणमा लिनको लागि २८ राउण्ड हवाइ फायर र ३० राउण्ड अश्रु ग्यास सहित ५८ राउण्ड गोली चलाउनु परेको डिएसपी कार्कीले बताए । सो क्षेत्रमा बिहीबार बिहानै देखी डिएसपी कार्कीको नेतृत्वमा प्रहरी परिचालित थिए ।

बुधबार साँझ पनि झडपलाई नियन्त्रणा लिन प्रहरीले ८ सेल अश्रु ग्यास सहित २९ राउन्ड हवाई फायर गर्नुपरेको डिएसपी कार्कीले जानकारी दिए । झडपको क्रममा करिब १ दर्जन प्रहरी घाइते भएका छन् भने प्रर्दशनकारी पनि घाइते भएका छन् ।

बिवादलाई समाधान गर्ने उदेश्यले छठ घाटमा मुस्लीम समुदायले लगाएको झण्डा आफैले हटाएको राजपुर नगरपालिकाका नगर प्रमुख सकिल अख्तरले बताए । तर पनि राजनितिक कारण यस्तो र्दुभाग्य हुन पुगेको उनको भनाई रहेको छ । आपसी सदभाब कायम गर्ने उदेश्यले बुधबार साँझ नै सबै बसेर सल्लाह गरी बिवाद नगर्ने निर्णय गरेको उनले बताए ।

अहिले सो क्षेत्रमा थप शसस्त्र प्रहरीको बल पुगेको छ भने बिहानै देखी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक कार्कीले कमाण्ड गरिरहेका छन् । प्रत्येक बर्ष त्यस ठाउँमा मुस्लिमहरुको पर्व मुहरर्म र हिन्दुहरुको पर्व झण्डी मनाउने क्रममा झडप हुँदै आएको छ । हाल सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

श्राेत rajdhanidaily

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment