एजेन्सी । भारतको गोरखपुरमा एउटा दूर्भाग्यपूर्ण घटना सार्वजनिक भएको छ । एक महिला आफ्नो बिस्तारमा फोनमा ब्यस्त हुँदैगर्दा बस्न पुगिन् । जहाँ एक जोडी सर्प पहिल्यै सुतिरहेको थियो ।
सर्पमा बसेकी महिलालाई दुवै सर्पले टोकेपछि उनको तत्काल नै मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मीरा नामकी महिला थाइल्याण्डमा रहेका श्रीमानसँग कुराकानी गर्दै बिस्तारामा गएकी थिइन् ।
बिस्तारामा सर्पमाथि बसेपछि उनलाई सर्पले टोकेको थियो । परिवारका अन्य सदस्यले तत्काल नै उपचारका लागि अस्पताल लगे । तर मीराको केही मिनेटमै मृत्यु भएको थियो ।
मीराको मृत्युपछि लामो समयसम्म बेडमा नै बसेको सर्पको जोडीलाई स्थानीयले लठ्ठीले हानेर मारे । यो घटना अहिले गोरखपुर र आसपासको क्षेत्रमा चर्चाको विषय बनेको छ । मीराकी छोरी भने अर्को रुममा बसेकाले उनी सुरक्षित रहिन् ।
श्राेत darpandainik