भदौ २९, बुटवल । रुपन्देहीमा लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ ।
बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका-३ मा हत्या भएको हो । बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर ५ लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए ।
श्राेत onlinekhabar
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्