झापामा ५०० भन्दा बढी डेंगुका बिरामी

झापामा ५०० भन्दा बढी डेंगुका बिरामी

झापा : तीन महीनाअघि देखा परेको डेंगु झापामा अझै नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय तहलेसमेत प्रभावकारी काम गर्न नसक्दा डेंगु रोग नियन्त्रणमा आउन नसकेको हो। जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि डेंगुका रोगी ५०० भन्दाबढी छन्। उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए। उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ। डेंगु नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ। स्थानीय तहले डेंगु नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए। डेंगुका कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ। यो वर्ष झापामा कसैको मृत्यु नभए पनि यसरी नै बिरामीको सङ्ख्या बढ्दै गएमा भयावह अवस्था सिर्जना हुनसक्ने पौडेल बताउँछन्। झापामा डेंगु पहिलोपटक मेचीनगरमा फेला परेको थियो। झापाका मेचीनगर, विर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेंगुको जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

श्राेत thahakhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment