भारतको गोदावरी नदीमा ढुंगामा ठोक्किएर पल्टियो डुंगा, १२ को मृत्यु, ३० जना बेपत्ता

भारतको गोदावरी नदीमा ढुंगामा ठोक्किएर पल्टियो डुंगा, १२ को मृत्यु, ३० जना बेपत्ता

भारतको आन्ध्र प्रदेशमा पर्यटकहरू चढेको डुंगा गोदावरी नदीमा पल्टिँदा १२ जनाको मृत्यु भएको छ। घटनामा ३० जना बेपत्ता भएका छन्।

आइतबार गोदावरी नदी हुँदै पर्यटकीय पापीकोन्डालु हिल्स जान लाग्दा ठूलो ढुंगामा ठोक्किएर डुंगा पल्टिएको हो।

डुंगामा ६० जनाभन्दा बढी सवार रहेको र अझै ३० जना बेपत्ता रहेको बिबिसी हिन्दीले जनाएको छ। स्थानीयहरूले २७ जनालाई उद्धार गरेका छन्।

बेपत्ताहरूको उद्धार गर्न सुरक्षाकर्मीहरू खटाइएका छन्।

आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले त्यस क्षेत्रमा सबै डुंगा बन्द गर्न आदेश दिएका छन्।

उक्त डुंगा चालकले बिनाअनुमति चलाएको र ओभरलोडका कारण पल्टिएको भारतीय पर्यटन मन्त्रालयले बताएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाबारे दु:ख व्यक्त गरेका छन्।\

श्राेत setopati

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment