ज्ञानेन्द्र शाहीविरुद्ध मुद्दा चल्ने, म्याद थप्ने प्रहरीको तयारी

ज्ञानेन्द्र शाहीविरुद्ध मुद्दा चल्ने, म्याद थप्ने प्रहरीको तयारी

ललितपुर, भदौ ३० । आइतबार साँझदेखि ललितपुर प्रहरीको हिरासतमा रहेका ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीमाथी अभद्र व्यबहार सम्बन्धि कसुरमा मुद्दा चल्ने भएको छ । आफुलाई भ्रष्टाचार विरुद्धको अभियन्ता दाबी गर्दै हिड्ने शाहीलाई महानगरीय प्रहरी परिसर ललितपुरले थप अनुसन्धानको लागि म्याद लिन केहिबेरमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा पेश गर्ने तयारी गरेको छ ।

शाहीले आइतबार अपरान्ह ललितपुरको पुल्चोकमा ‘नेपालका लागि नेपाली’ नामक अभियानको कार्यालयमा पत्रकार सम्मेलन गर्दै गर्दा झडप भएपछी सुरक्षा दिन गएको प्रहरीमाथी अभद्र व्यबहार गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले उनमाई ‘अभद्र व्यबहार’ मुद्दामा अनुसन्धान गर्न हिरासतमा लिएको थियो ।

‘सुरक्षा दिन पुगेको हाम्रो प्रहरी टोलिमाथी अभद्र व्यबहार गरेपछी हामीले उनलाई जरुरी पक्राउ पुर्जी दिएर हिजोदेखी हिरासतमा लिएका छौं, कानुनअनुसार कारबाहीको प्रक्रिया अगाडी बढ्छ ।’ ललितपुर प्रहरी प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले भने । ‘अहिले हामीले अभद्र व्यबहार सम्बन्धि कसुरमा सम्बन्धित न्यायिक निकायबाट म्याद लिन्छौं, अन्यत्र पनि मुद्दा दर्ता रहेछ भने यहाँको अनुसन्धान सकेर सम्बन्धित युनिटमा पठाइदिन्छौ ।’ एसएसपी राईले भने।

शनिवार साँझ नेपालगन्ज बिमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गर्ने शाहीले शनिबार भएको घटनाबारे जानकारी दिने भन्दै आइतबार ललितपुरको पुल्चोकमा पत्रकार सम्मेलन गरेका थिए ।पत्रकार सम्मेलनमा खास पत्रकारहरुको भन्दा पनि युट्युबरहरुको धेरै उपस्थिति थियो । पत्रकार सम्मेलनमा शाहीमाथि युट्युबरहरुको प्रश्नको वर्षा भयो । प्रश्नको उत्तर दिन नसक्ने स्थिति भएपछि युट्युबर र शाही समर्थक बीच हात हालाहाल भएको थियो। स्थिति अनियन्त्रित भएपछी प्रहरीले हस्तक्षेप गर्दै शाहीलाई सुरक्षाको लागि नियन्त्रणमा लिएको थियो। सोही क्रममा शाहीले प्रहरीमाथी हातपात गरेको प्रहरीको दावी छ ।

उच्च स्रोतका अनुसार पक्राउ परेका शाहीले ‘गैर सैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५’ को ९(क) १ को घ बमोजिमको कसुर गरेको भन्दै अर्को छुट्टै मुद्दा समेत लगाउने प्रहरीले तयारी गरेको स्रोतको दावी छ । उक्त मुद्दामा १० देखि २० बर्षसम्म कैद र आरोपीको सम्पुर्ण सम्पत्ति जफत हुने कानुनी ब्यबस्था छ ।

उड्न लागेको बिमानमा हुलहुज्ज्त गर्दै बिमानको उडान सुरक्षामा खलल पुर्याएको आरोपमा शाहीबिरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौं वा जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दर्ताको तयारी गरिएको बुझिएको छ ।

श्राेत sushasannews

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment