घरबहालमा बस्नेले हेरौ, यस्तो छ प्राधिकरणको महसुल दर

घरबहालमा बस्नेले हेरौ, यस्तो छ प्राधिकरणको महसुल दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २० युनिटसम्मको विद्युत्मा रु ३० सेवा शुल्क लिएको छ भने प्रतियुनिट रु तीनका दरले लिने गरेको छ । यस आधारमा २० युनिट विद्युत् प्रयोग गर्नेले रु ९० महसुल तिर्नुपर्छ । यस्तै २१ देखि ३० युनिटसम्म सेवा शुल्क रु ५० र प्रतियुनिट रु सातका दरले लिने गरेको छ । यस आधारमा रु १२० महसुल तिर्नुपर्छ । यस्तै ३१ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकले सेवा शुल्क रु ७५ र प्रतियुनिट आठ रुपैयाँ ५० पैसाका दरले तिर्नुपर्छ ।

प्राधिकरणको महसुल दरअनुसार ५१ देखि १५० युनिटसम्म खपत गर्ने ग्राहकले सेवाशुल्क रु १०० र प्रतियुनिट रु १० का दरले तिर्नुपर्छ । एक सय ५१ देखि २५० युनिटसम्म सेवा शुल्क रु १२५ र प्रतियुनिट रु ११, २५१ देखि ४०० युनिटसम्म खपत गर्ने घरायसी ग्राहकले सेवा शुल्क रु १५० प्रतियुनिट रु १२ र त्यसभन्दा माथि सेवा शुल्क रु १७५ र प्रतियुनिट रु १३ का दरले तिर्नुपर्ने व्यवस्था छ ।

सो महसुल पाँच एम्पियर विद्युत् लिने ग्राहकको हकमा लागू हुने गरेको छ । यस्तै १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरको महसुलमा भने सामान्य बढी मात्रै रहेको छ । तर शहरी क्षेत्रमा घर बहालमा बस्नेले मनलाग्दी शुल्क लिएको विषयमा गुनासो पनि आएको भन्दै प्राधिकरणले विद्युत्मा अनावश्यक व्यापार नगर्न भनेको हो ।

श्राेत hamrakura

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment