राजेशपायलको घरमा आगो लाग्दा सम्मान र अवार्ड जल्यो

राजेशपायलको घरमा आगो लाग्दा सम्मान र अवार्ड जल्यो

काठमाडौं । गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगलागी भएको हो । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो लागेको बताइएको छ । आगलागीमा उनले पाएका अधिकांश सम्मानपत्रहरु नष्ट भएका छन् ।

राजेश पायलले सांगीतिक क्षेत्रमा लागेर कमाएका सम्मानपत्र, अवार्डहरु आफ्नो कोठामा राख्दै आएका थिए । सोही कोठामा बिजुली सर्ट भएर आगो लागेको हो । गायक राजेश पायल राई भने अहिले सांगीतिक टुरका लागि विदेशमा छन् । घरमा केही मानिसहरु मात्र भएको अवस्थामा आगो लागेको थियो ।

छिमेकी, प्रहरी र दमकलको सहायतामा आगो निभाइएको थियो । आगो लागेपछि राजेशले फेसबुकमा स्टाटस लेख्दै सबैभन्दा ठूलो समय नै भएको बताएका छन् । उनले लेखेका छन्–‘गल्ती, कमजोरी मान्छेबाट हुन्छ भन्थे, भगवानबाट पनि हुँदोरहेछ । उनैले दिए, उनैले लगे, उनैले दिनेछन्, एक दिन गल्ती नगरिकन । यो परिस्थितिमा मेरो छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल परिवारप्रति यहाँ परदेशी भूमिबाट हार्दिक नमन ।’

श्राेत onlinekhabar

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment